उपहार न्यूज
उदयपुर असोज १०
नेपाली कांग्रेस उदयपुरले महासमिति सदस्य सहित रिक्त रहेको पदहरुमा सहमती जुटाएको छ । कांग्रेसले क्षेत्र नम्बर १ अन्तर्गत महासमिति सदस्य ११ पदमा सर्वसहमत चयन गरेको निर्वाचन समितिले जनाएको छ । महासमिति सदस्य खुल्ला ५ तर्फ विदुर बस्नेत, भोजराज खतिवडा, तिलक बहादुर कटुवाल, हिमाल कार्की र बोधराज दाहाल सर्वसहमत चयन भएको छ । त्यसैगरी महिला प्रमिला राई र रिताकुमारी चौधरी, खस आर्य तर्फ विनोदकुमार बस्नेत, जनजाती महिलामा ताराकुमारी राई, पुरुषमा ज्ञानेन्द्र प्रधान र थारु तर्फ सत्यनारायण चौधरी चयन भएका छन् । यता चौदण्डिगढि नगरपालिकाको रिक्त उपसभापती पदमा रामकुमार खड्का, त्यसैगरी उदयपुर क्षेत्र नम्बर १ प्रदेश २ को रिक्त उपसभापती पदमा कलावती चौधरी र त्रियुगा नगरपालिका वडा नम्बर १० को वडा सभापती पदमा डेबिट बस्नेत सर्वसहमत चयन भएका छन् ।