Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

कांग्रेसले सरकारको नेतृत्व गर्नु पर्छ ः महेश बस्नेत

  • उपहार न्यूज
  • शुक्रबार, भाद्र २९ २०८०
कांग्रेसले सरकारको नेतृत्व गर्नु पर्छ ः महेश बस्नेत

उपहार न्यूज
उदयपुर भाद्र २९
नेकपा एमालेका पोलिट ब्यूरो सदस्य तथा युवा विभाग इन्चार्ज महेश बस्नेतले पहिलो पार्टी भएको आधारमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नु पर्ने बताउनु भएको छ । कांग्रेस र एमालेको अस्वस्थ प्रतिस्पर्धा अस्वस्थ राजनैतिक चिन्तनको कारणले गर्दा माओवादीले लाभ लिईरहेको उहाँले बताउनु भयो । माओवादीको यो खाले च्याखे प्रवृत्ति हटाए माओवादीलाई राम्रो हुने उहाँले बताउनु भयो ।
युवा संघ नेपाल उदयपुरको जिल्ला अधिवेशनलाई संबोधन गर्न उदयपुर आईपुग्नु भएका नेता बस्नेतले प्रेस चौतारी उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएको हो । उहाँले कांग्रेस नेतृत्वले आफ्ना सिमित आसेपासे र नजिकका व्यक्तिहरुलाई खुसी बनाउनको लागि लोकतन्त्र धरापमा पार्ने र पार्टीलाई दाउमा लगाउने काम गर्न नहुने उहाँले बताउनु भयो ।
देशको समृद्धि, सुशासनको लागि एमाले संग सहकार्य गरे आफुहरु तयारी रहेको बस्नेतले बताउनु भयो, उहाँले परराष्ट्र निति कस्तो बनाउने भन्ने बिषयमा एमाले कांग्रेसले साझा धारणा बनाएर अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।
पत्रकारहरुले वर्तमान शासन व्यवस्था माथि संकट पैदा हुदै गरेको छ नि भन्ने प्रश्नमा बस्नेतले त्यस्तो हुन नसक्ने बताउनु भयो । संघिय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्थामा भएका कमी कम्जोरीलाई औल्याउदै सच्चिएर अघि बढ्नु पर्ने बताउनु भयो ।
उहाँले पछिल्लो समयमा धार्मिक अतिवादीहरु सक्रिय भैरहेको, राजनैतिक दलहरु प्रति विस्तृष्णा सिर्जना गराउने समुहहरु सक्रिय भैरहेको, जिम्मेवार तहका व्यक्तिहरुले समाजमा अराजकक्ता सिर्जना गरिरहेको, अति जातिवादी समुहहरु अन्तराष्ट्रिय मिशनलाई सफल बनाउन लागि परिरहेकाले यस किसिमको गतिविधिहरुलाई रोक्न आवश्यक रहेको उहाँले बताउनु भयो ।
एक अर्को प्रसंगमा उहाँले प्रदेश नम्बर १ को नाम कोशी पुरानो सभ्यता भएकाले यो सबैको पहिचान समेटिएको र साझा नाम रहेको बताउनु भयो । उहाँले प्रदेश नम्बर १ मा तत्कालै मध्यावधि निर्वाचनमा जान पर्ने अबस्था नरहेको र एमाले नेतृत्वको सरकारलाई कांग्रेस माओवादीहरुले समर्थन गरेर अघि बढ्नुको विकल्प नरहेको समेत बताउनु भयो ।

Last updated:2023 Sep 15 Friday 10:09:45

प्रतिक्रिया
सम्बन्धित समाचार