Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

नाडा अटोसो टिभिएसको आकर्षण बढ्दो (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • शुक्रबार, भाद्र १३ २०७६
नाडा अटोसो टिभिएसको आकर्षण बढ्दो (फोटो फिचर सहित)

उपहार न्यूज
काठमाण्डौ भाद्र १३
नेपाली अटोमोवाईल्स बजार फराकिलो हुदै जाँदा बर्षेनी राजधानीमा आयोजना हुने नाडा अटोसो भृकुटिमण्डपमा सुरु भएको छ । अटोमोवाईल्स बजारलाई थप व्यवस्थित र व्यवसायीक बनाउदै नेपाली ग्राहक माझ सुलभ तरिकाले पु¥याउने उद्देश्यका साथ आयोजना हुने नाडामा दैनिक हजारौ अवलोकनकर्ताको भिड लाग्ने गरेको छ ।

नाडा अटोसो मा विशेषत दुई पाङग्रे र चार पांग्रे सवारी साधनलाई विशेष प्राथमिक्तामा राखि प्रदर्शनी गरिएको छ । नेपाली बजारमा आउन लागेर नेपाली बजारमा तहल्का पिटि रहेको अटोमोवाईल्सहरु विचको स्वस्थ्य प्रतिस्पर्धा सहितको नाडामा संकर ग्रुप अन्तर्गत जगदम्बा मोटर्सले नेपाली बजारमा विक्रि गर्दै आएको टिभिएस प्रति ग्राहकको आकर्षण बढ्दो अबस्थामा पाईएको छ ।

टिभिएसले नाडा संगै चाडपर्व लक्षित योजना समेत सार्वजनिक गर्दै नाडामा आफ्नो छुट्टै गौरवपूर्ण उपस्तिथी जनाएको टिभिएसका बजार प्रबन्धक नवराज कोइरालले जानकारी दिनु भयो । टिएसले नाडा अटोसोको अबसर पारेर नाडाको पहिलो दिन आरटिआर १६० टुभि डवल डिक्स अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक गर्नु भयो ।

यता नाडाको दोस्रो दिन रोडिवन ११० टिभिएस इन्डियाका विजनेश डेभलप्मेण्ट एसिया हेड निलानसु चाब जीम्पल र टिभिएसका उपाध्यक्ष दिपक अग्रवालले एक समारोहका विच सार्वजनिक गर्नु भएको छ ।

नाडा अटो सोको स्टल नम्बर जे १८ मा रहेको स्टलमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरुको उपस्तिथीले समेत स्टलको आकर्षण बढ्दो छ । टिभिएस स्टलमा नायिका केकी अधिकारी, स्वस्तीमा खड्का, नायक प्रदिप खड्का, क्रिकेट राष्ट्रिय टिमका कप्तान पारस खड्का लगायतले उपस्तिथी जनाई सकेका छन् ।

टिभिएसले दशै योजना सार्वजनिक गरेको छ, दशै दौड नाम दिईएको योजनामा ग्राहकले घरमै बसी बसी १ लाख सम्म र किने पछि १०० प्रतिशत सम्म नगद फिर्ता हुने योजना ल्याईएको बजार प्रबन्धक नवराज कोइरालाले वताउनु भयो । नेपाली बजारमा पछिल्लो समय विभिन्न आकर्षक ब्राण्डका साथ बजार लिईरहेको टिभिएसले अटोमोवाईल्स बजारमा छुट्टै छाप बनाउदै अघि बढेको छ ।

Last updated:2019 Aug 30 Friday 11:23:50

प्रतिक्रिया
सम्बन्धित समाचार