Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा वडाध्यक्षका लागि समाजबादी गएका नेता हारेपछि माओबादीमै फर्किए

  • उपहार न्यूज
  • बिहिबार, भाद्र १४ २०८०
उदयपुरमा वडाध्यक्षका लागि समाजबादी गएका नेता हारेपछि माओबादीमै फर्किए

उदयपुर । उदयपुरमा वडाध्यक्षकै टिकटका लागि अर्को पार्टी प्रवेश गरेका एक स्थानीय नेता हारेपछि फेरि पुरानो दलमै फर्किएका छन् । पछिल्लो स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको टिकट लिन पार्टी छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजबादी पार्टीतिर लागेका थिए ।

चुनाव हारेसँगै समाजबादीमा कमै मात्र सक्रिय देखिदै आएका स्थानीय नेता फत्तबहादुर ठकुरी पुरानै आफ्नो दल नेकपा माओबादी केन्द्रमा फर्किएका हुन् । माओबादीले केहीदिनयता शुरु गरेको ‘जनतासँग माओवादी केन्दको विशेष रुपान्तरण अभियान’को क्रममा पार्टीका नेताहरुले ठकुरीलाई खाँदा माला लगाएर भित्राएका थिए ।

२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचन पेरिफेरि उनी समाजवादी पार्टीमा प्रवेश गरी ताप्ली गाउँपालिका वडा नम्बर- ४ को टिकट लिई चुनाव लडेका थिए । तर पार्टीबाट टिकट पाएजस्तै सजिलो गरी जनताबाट मत पाउन सकेनन् । फलतः उनी पराजित भए ।

टिकटकै लागि पार्टी छाडेर जानेहरुलाई फर्काउने दलहरुको यस्तो बाध्यता या संस्कार नयाँ भने हैन । अन्य कांग्रेस, एमाले र राप्रपालगायतका दलहरुले पनि बेलाबेलामा बिद्रोह गरेर जाने आफ्ना महत्वकांक्षी नेता कार्यकर्ताहरुलाई चुनावताका होस् या बिभिन्न अभियानको नाममा फर्काउदै आएका छन् ।

यता माओवादी केन्द्रले यही १६ गतेदेखि देशभर एकैपटक ‘जनतासँग माओबादी-विशेष रुपान्तरण अभियान’ लगातार तीन महिनासम्म सञ्चालन गर्ने भएको छ । यसबीच संगठन बिस्तार, सुढृड र नागरिकसँगको सम्बन्ध सुधारलाई मुख्य जोड दिने पार्टीको केन्द्रिय रणनीति छ । पछिल्लो समय माओबादीले नेतृत्व गरेको सरकारले भ्रष्टाचार र बिभिन्न प्रकरणमा संलगनहरुलाई धमाधम पक्राउ गर्दै कारवाहीको प्रक्रिया अगाडि बढाएपछि आम नागरिक सकारात्मक हुँदै आएको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार