Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा गाडी, चप्पल र मोवाईल छाडेर बेपत्ता हुने झापाका डाक्टर अझै अझै भेटिएनन्

  • उपहार न्यूज
  • बुधबार, भाद्र १३ २०८०
उदयपुरमा गाडी, चप्पल र मोवाईल छाडेर बेपत्ता हुने झापाका डाक्टर अझै अझै भेटिएनन्

उदयपुर । उदयपुर र सुनसरी बीच सप्तकोशी (चतारा) पुलमा गाडी छाडिराखेर चिकित्सक बेपत्ता भएपछि प्रहरीले खोजी सुरू गरेको छ । सुनसरीको चतराघाटस्थित कोशी पुलको उदयपुर खण्डमा गाडी छाडेर डा. प्रज्जवल कोइराला सम्पर्कविहीन भएपछि प्रहरीले खोजी थालेको हो ।

मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन कोइराला झापा दमक नगरपालिका १ का बासिन्दा हुन् । ३८ वर्षीय कोइराला बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर चिकित्सक बेपत्ता भएका हुन् ।

बेपत्ता भएका चिकित्सकको कोशी नदी र आसपासका क्षेत्र खोजी भइरहेको प्रहरीको भनाइ छ । स्थानीयवासीले बेवारिसे कार देखेपछि आज बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए । डाक्टर कोइराला राति २ बजे कोशीको पुलमा आएको सिसिटिभी फुजेटमा देखिएको प्रहरीले जनाएको छ ।

हराएका डाक्टर कोइरालाको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोरको टोली र इप्रका रामपुरबाट वरिष्ठ प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजी गरिरहेको डिएसपी चौधरीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार