Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

भदौ १ बाट बोक्सेमा प्रथम एलेभेन स्टार च्यालेन्ज कप हुने

  • उपहार न्यूज
  • मंगलबार, साउन ३० २०८०
भदौ १ बाट बोक्सेमा प्रथम एलेभेन स्टार च्यालेन्ज कप हुने

उपहार न्यूज
उदयपुर श्रावण ३०
उदययपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा प्रथम एलेभेन स्टार च्यालेन्ज कप नाईन ए साईड नकआउट फुटबल प्रतियोगीता हुने भएको छ । दिंवग्त क्लबका खेलाडिहरु डिबि राई, सन्तोष थापा, दिपशे मगर, प्रकास रोक्का र दिपेन पौड्यालको स्मृतिमा प्रतियोगीता आयोजना गर्न लागिएको आयोजक समितिका सुमन श्रेष्ठले जानकारी दिनु भयो ।
एलेभेन स्टारको खेल मैदान त्रियुगा नगरपालिका १० मा हुने प्रतियोगीतामा आयोजक सहित १४ समुहले सहभागीता जनाउने छ । भाद्र १ गते देखि सुरु हुने प्रतियोगीताको प्रथम पुरस्कार २५ हजार र दोस्रोलाई १५ हजार सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगीताको प्रथम पुरस्कार प्रायोजन आदम राईले गर्नु भएको छ भने दोस्रो पुरस्कारको प्रायोजन बरुवा सामुदायीक वन उपभोक्ता समुहले गरेकोक आयोजकले जनाएको छ । प्रतियोगीतामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिडफिल्डर, हाई स्कोरर, राईजिङ प्लेयर र प्रत्येक दिन म्यान अफ दि म्याचबाट पुरस्कृत गरिने आयोजक समितिका डिग बहादुर बुढाथोकीले जानकारी दिए ।
प्रतियोगीता संचालनको लागि विभिन्न क्षेत्रका सहयोगीहरु संग हाल सह प्रायोजन तथा सहयोग संकलन गर्ने काम भैरहेको आयोजकले जनाएको छ ।

Last updated:2023 Aug 15 Tuesday 13:21:23

प्रतिक्रिया
सम्बन्धित समाचार