Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरका युवकलाई धरान पुगेर फर्किएपछि डेंगु संक्रमण, कटारीमा बढाइयो सतर्कता

  • उपहार न्यूज
  • शनिबार, साउन १३ २०८०
उदयपुरका युवकलाई धरान पुगेर फर्किएपछि डेंगु संक्रमण, कटारीमा बढाइयो सतर्कता

उदयपुर । पोथी लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोग फैलिन सक्ने देखिएपछि उदयपुरमा पनि सतर्क रहन स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । उदयपुरबाट कामको सिलसिलामा ‘डेंगु हटस्पट’ क्षेत्र धरान पुगेर फर्किएका एक जना युवकमा संक्रमण देखिएपछि सतर्कता बढाइएको हो ।

कटारी अस्पतालका मेसु डाक्टर गौरब साहका अनुसार कटारी नगरपालिका वडा नम्बर ८ घर भएका पुरुषलाई संक्रमण देखिएको छ । बिरामी भएपछि उपचार गराउन अस्पताल आएका ती पुरुषमा डेंगुसँग मिल्दाजुल्दा लक्षणहरु देखिएपछि शंका लागेर स्वास्थ्य जाँच गरिएको थियो । सो क्रममा मेडिकल रिपोर्ट अनुसार उनमा डेंगु पोजेटिभ भेटिएको हो ।

मेसु साहका अनुसार संक्रमित पुरुष बसोबास गर्ने कटारी आसपासमा भने अहिलेसम्म कोही व्यक्तिमा पनि संक्रमण देखिएको छैन । वरपर कसैमा पनि संक्रमण नहुनु र केही दिनअघि धरानबाट फर्किने बित्तिकै संक्रमित भएपछि बाहीर जिल्लाबाट नै संक्रमण भई आएको हुनसक्ने अनुमान गरिएको छ ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार हाल सो क्षेत्रको समुदायसम्म डेंगु फैलन नदिन विशेष सतर्कता अपनाउन सर्वसाधरणलाई सचेत गराउन थालिएको छ । नेपालमा पछिल्लो समय भयाबह बन्दै गएको डेंगुको केन्द्रबिन्दु सुनसरीको धरानलाई लिइन्छ । सुनसरी र उदयपुरको सीमा जोडीएकाले पनि संक्रमण फैलिने खतरा रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

धरानमा डेंगुकै कारण हालसम्म ७ जनाले ज्यान गुमाईसकेको तथ्यांक छ । डेंगुबाट वच्न पूरा शरीर ढाक्ने गरी लुगा लगाउने, झुल लगाउने, पानी जमेर लामखुट्टे उत्पादन हुने ठाउँहरु सफा गर्नेलगायतका क्रियाकलाप गर्न स्वास्थ्यविज्ञको सुझाव छ । नियमित एकसय डिग्रीभन्दा माथि ज्वरो आउने , आँखाको गेडी पछाडी दुख्ने, वान्ता आउने डेंगुका लक्षणहरु रहेको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार