Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

एनआरएनए दक्षिण कोरिया नेतृत्वको लागि सन्जिबकुमार राई नेतृत्वमा प्यानल

  • उपहार न्यूज
  • शनिबार, साउन ६ २०८०
एनआरएनए दक्षिण कोरिया नेतृत्वको लागि सन्जिबकुमार राई नेतृत्वमा प्यानल

उपहार न्यूज
उदयपुर श्रावण ६
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष (२०२३–२०२५) का लागि नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार–प्रसार र लविङ तीब्र बन्दै गएको छ । आगामी जुलाइ २९–३० तारिखमा हुन गइरहेको एनआरएनएको नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न, नयाँ नेतृत्व लिन सन्जिब कुमार राइले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा संगै मतदाताहरुमा उत्साह थपिएको छ । एनआरएनए संस्थाको सबै भन्दा शक्तिशाली पद भनेको अध्यक्षनै भएकाले पनि यो पद सबैको आकर्षणको केन्द्र बन्ने गरेकाले एनआरएनएको भावी अध्यक्ष को होला भन्ने चासो र चर्चा दक्षिण कोरियामा यतिवेला चुलिएको छ ।
४० मुनिका युवा छौं, त्यसमा पनि कुनै न कुनै विषयमा विज्ञयता हाशिल गरेर समाज विकास र परिवर्तन को निम्ति धेरै काम गरिसकेका अनुभवि युवाहरुको टिम छ हाम्रो, त्यसैले त नयाँ नेतृत्व लिन आतुर रहेको राईले बताए ।
एनआरएनएको नेतृत्वको लागि युवा हरुको जम्बो टोलिनै खडा गरेर चुनावमा होमिएका छन् । सुनेकाले भन्दा भोगेकाले मजदुर बिद्ययार्थिहरुको वास्तविक पिडा र भोगाई महसुस गर्न सक्छन् त्यसकारण पनि आफु मजदुर भएकैले यसपाली एनआरएनए दक्षिण कोरियाको अध्यक्ष पदको नेतृत्व लिनको लागि अघि बढेको राईले बताए ।
दक्षिण कोरियामा रहेका मजदुर विध्यार्थिहरु सधैं प्रयोग मात्र भइरह्यो अरु हरु को लागी भर्याङ मात्र भइरह्यौ त्यसैले हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने सधैं भर्याङ मात्र भैरहनेकि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो त्यसैले बोलिमा होईन व्यबहारमा मजदुर मैत्री बनाउने बताउँछन् सन्जिब कुमार राई । हाल वर्तमान कार्यसमितिको निर्विरोध निर्वाचित वरिष्ठ उपाध्यक्ष समेत रहेका सन्जिब राई (२०१९–२०२१)मा सर्बाधिक मतसहित उपाध्यक्षमा विजयि भएका थिए । स्पष्ट निडर बक्ता सन्जिब राईले साईन्स एण्ड टेक्नोलोजिमा मास्टर समेत गरेका छन । निति निर्माण र कार्यन्वयनलाई प्राथमिकता राख्ने सन्जिब राईकै पहलमा दुतावासको घुम्ति सेवा लगायत अन्य बिभिन्न कार्यक्रम हरु सन्चालनमा आईरहेको बताउँछन् । सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका राई अनेक समस्याहरु आइपर्दा ‘हामी नेपाली एक हौं ‘ भन्ने भावाना का साथ जुन ठाउँमा गयो त्यही सहजै घुलमिल हुनसक्ने खुबी भएका कारण अहिलेपनि कोरियमा जहां समस्या त्यहा सन्जिब राइ भनेजस्तै भएको जानकारहरु बताउछन् र
निति निर्माण र कार्यन्वयन मा बालेन शाह र आफ्नो निर्णयमा अडिग रहने हर्क साम्पाङको उदाहरण दिदै कोरियामा कार्यरत आशिष शाहले अन्य उम्मेदवार जस्तो कुनै न कुनै समय आर्थिक नैतिक र सामाजिक विवादमा न परेका पारदर्शि एवम सामाजिक व्यक्ति सन्जिब राई को बिकल्प नभएको बताउदै जित शुनिस्चित रहेको बताउछन् । यस पटक एनआरएनए कोरियालाई दक्षिण कोरिया मा रहने सबैको साझा,सबैको अपनत्व र पारदर्शि बनाउनको लागि ३÷३ पटक टेष्ट फेल भैसकेका अध्यक्ष उम्मेदवार हरुको बिच आशाको धरोहर अरु उम्मेदवारको नराम्रो पक्षको पर्दाफास भन्दा पनि आफ्नो भिजन लाई प्राथमिकता राख्ने सन्जिब राईनै साझा उम्मेदवार हुन भन्दै युवराज गौतमले सबैलाई मतदान गरि विजयी बनाईदिनुहुन अनुरोध समेत गरेका छन् । यो पटक धेरै पुर्व अध्यक्ष एबम एनआरएनए अभियन्ता हरुको साथ पाएका सन्जिब कुमार राई सङगै बिपिन कुमार गुरुङ्ग र बुद्दि गुरुङ्ग ले अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन् ।

Last updated:2023 Jul 22 Saturday 11:56:45

प्रतिक्रिया
सम्बन्धित समाचार