उपहार न्यूज
उदयपुर श्रावण ६
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको दशौ राष्ट्रीय महाधिवेशन २०२३–२०२५ कार्यकालको लागि तृतिय उपाध्यक्ष पदमा सन्दिप कुमार भट्टराईले उम्मेदवारी दिएका छन् ।
प्रवासमा बसेर लामो समय देखि नेपालका विभिन्न स्थानमा सामाजिक सेवा पु¥याउदै आएका भट्टराईले तृतीय उपाध्यक्षको लागि उम्मेदवारी दिएका हुन ।
आगामी जुलाई २७ र २८ मा हुन लागेको निर्वाचन स्मार्ट एनआएनए एप्स मार्फत निर्वाचन हुने छ । उदयपुर गाईघाट स्थायी घर भएका भट्टराई डेढ दशक यता सामाजिक सेवामा सक्रिय छन् ।
उनले प्रवासमा रहेकर उदयपुर प्रवासी सेवा समाज, त्रियुगा प्रवासी सेवा समाज हुदै दाजू भाई समुह दोहा कतार लगायतको संस्थाहरुको नेतृत्व गरी सकेका छन् ।