उपहार न्यूज
उदयपुर श्रावण ६
नेपाली कांग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद कोइरालाको ४१ औ स्मृति दिवश उदयपुरमा नेपाली कांग्रेसले वृक्ष्यारोपण मनाएको छ । नेपाली कांग्रेसको त्रियुगा नगर समितिले विपि स्मृति दिवशको अबसरमा त्रियुगा नगरपालिका वडा नम्बर १० स्थित बाबरी सामुदायीक वन क्षेत्रमा विभिन्न प्रजातीका झण्डै दुई सय विरुवाहरु रोपेको हो ।
बाबरी सामुदायीक वन उपभोक्ता समिति संगको समन्वयमा विपि स्मृति दिवशको अबसर पारेर कांग्रेस त्रियुगा नगर समितिले वृक्ष्यारोपण गरेको नेपाली कांग्रेस त्रियुगा नगर सभापती प्रकास कुमार खड्काले बताउनु भयो । वृक्षयारोपण अघि आयोजित कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापती भिमचन्द्र राई, कांग्रेसका पूर्व जिल्ला सचिव विरेन्द्रकुमार बस्नेत, कांग्रेस नेता महेन्द्र राई, रौतामाई गाउँपालिका उपाध्यक्ष भुपेन्द्र थापा, त्रियुगा नगरपालिकाका पूर्व उपप्रमुख देवीकुमारी चौधरी, ट्रेड युनियन नेता बालकृष्ण भट्टराई, जिल्ला उद्योग वाणिज्य संघका महासचिव सुनिल साह, बाबरी सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष अभिमन्यु खड्का लगायतले विपिको स्मृतिको बिषयमा आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रमका सहभागी बक्ताहरुले विपिको सिद्धान्त र हाल नेपाली कांग्रेसको अबस्थाको बिषयमा आफ्ना विचारहरु राखेका थिए ।
बक्ताहरुले कांग्रेसले विस्तारै विपिको सिद्धान्त र विचारहरु भुल्दै गएकाले पार्टीको सिद्धान्त र विचार अनुसार आम कार्यकर्ताहरुलाई प्रशिक्षण गर्दै अघि बढ्नु पर्ने बताएका थिए । कार्यक्रममा प्रदेश ख का सचिव फिरन खड्काले स्वागत मनतव्य राख्दै पार्टी भित्र भावनात्मक एकताको आवश्यक्ता रहेको औल्याएका थिए । पार्टी नगर सभापती प्रकास कुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव रुद्र पोख्रेलले संचालन गरेका थिए ।
