ठविन्द्र मगर
रुपाटार जेठ ३१
उदयपुर ताप्ली गाउँपालिकामा आयोजित अध्यक्ष कप पुरुष भलिवल खेलको उपाधि दमक भलिवल क्लबले उपाधि हात पारेको छ । बुधबार भएको फाईनल खेलमा ताप्ली गाउँपालिका लाई हराउदै दमकले उपाधि जित्न सफल भएको हो ।
प्रतियोगीतामा बिजयी दमकले नगद एक लाख ५१ हजार एक सय ११, द्धितृय ताप्लीले एक लाख १० हजार र तेस्रो स्थान हुन सफल हलेसी तुवाचुङ नगरपालिकाले ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । ताप्ली गाउँपालिकाको सहयोग तथा ताप्ली युवा तथा खेलकुद बिकास समितिको आयोजनामा जेष्ठ २८ गतेदेखी शुरु भएको प्रतियोगीता बुधबार सम्पन्न भएको हो ।
प्रतियोगीतामा विभिन्न ६ समुहले सहभागीता जनाएका थियो । प्रतियोगीताका बिजयीहरुलाई ढुङ्गराज बिश्वाकर्मा ,उपाध्यक्ष धनामाया मगरले पुरस्कृत गर्नु भएको थियो ।
समापन कार्यक्रममा बोल्नुहुदै अध्यक्षले ताप्लिको समग्र खेलकुद बिकासको लागि आफ्नो तर्फबाट जुनसुकै परिस्थितिमा पनि योजना निर्माण र बजेट व्यवस्थापन गर्न कुनैपनी कन्जुस्याइँ नगर्ने र खेलप्रती चासो लिएर अगाडि बढ्न चाहने युवा पिढिलाई निर्धक्क भएर खेलप्रतिनै लाग्न हुन समेत आग्रह गर्नुभयो।
कार्यक्रममा बोल्नुहुदै उपाध्यक्ष मगरले आगामी दिनमा ताप्ली गाउँपालिकाको युवा महिला खेलाडी उत्पादन गर्न पालिकाको तर्फबाट खेल्नुपर्ने भूमिकाको बारेमा पालिका सधैं सकारत्मक रहने समेत बताउनु भयो । प्रतियोगीता हेर्नका लागि लागि ताप्ली गाउँपालिकाका विभिन्न स्थानबाट सयौको संख्यामा स्थानिय खेलप्रेमीहरुको सहभागीता रहेको थियो ।