Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उपमेयर गोल्डकपको उपाधि झापालाई

  • उपहार न्यूज
  • शनिबार, बैशाख २३ २०८०
उपमेयर गोल्डकपको उपाधि झापालाई

उपहार न्यूज
उदयपुर बैशाख २३
मोफसलमा विरलै मात्रामा हुने महिला फुटबल प्रतियोगीता अन्तर्गत उदयपुरमा सम्पन्न उपमेयर गोल्डकप महिला फुटबलको उपाधि झापाको अल इन वानले चुमेको छ । शनिवार गाईघाटमा सम्पन्न फाईनल खेलमा महिला फुटबल क्लब पथरीलाई तीन शुन्य गोल अन्तरले पराजित गर्दै अल इन वानले उपाधि चुमेको हो । उपाधि संगै अल इन वान झापाले नगद एक लाख सहित ट्रफि हात पारेको छ भने उप बिजेता पथरी महिला फुटबल क्लबले नगद ५० हजार सहित पुरस्कार प्राप्त गरेको छ ।झापाको जीतमा जर्सी नम्बर १४ का रजनी थोकरले खेलको ३० औ र ३२ औ मिनेटमा गोल गर्न सफल भएका थिए । खेलको अन्तिम समयमा झापाको लागि जर्सी नम्बर ३ का मेनुका आलेमगरले गोल गर्दै झापालाई सहज जित दिलाउन सफल भएको थिए ।
प्रतियोगीतामा उत्कृष्ट गोलरक्षकको उपाधि पथरीका राधिका वली, उत्कृष्ट डिफेन्डर झापाकै एलेक्स चौधरी, उत्कृष्ट मिड फिल्डर झापाकै रश्मी घिसिङ, सर्वाधिक गोलकर्ता झापाकै रजनी थोकर, उदयमान खेलाडि गाईघाट फुटबल क्लबका सविता रोका, उत्कृष्ट प्रशिक्षक झापाका मिलन गुरुङ र सर्वोत्कृष्ट खेलाडिको उपाधि झापाकै सविता रानामगरले हात पारिन ।


प्रतियोगीताका विजयी प्रतियोगीहरुलाई प्रदेश नम्बर १ का उपसभामुख सृजना दनुवार, त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेत, उप प्रमुख महेश्वरी राई लगायत विशिष्ट व्यक्तित्वहरुले पुरस्कृत गर्नु भएको थियो । जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा एक साता अघि बाट सुरु भएको प्रतियोगीतालाई त्रियुगा नगरपालिकाले मुख्य सहयोग संचालित प्रयोगीतामा गाईघाट फुटबल क्लब सहित विभिन्न आठ समुहले प्रतियोगीतामा सहभागीता जनाएका थिए । महिला खेलाडिहरुको वृद्धि विकासको लागि उदयपुरमा पहिलो पटक यो प्रतियोगीता आयोजना गरिएको र आगामी दिनमा पनि यस्ता प्रतियोगीताहरु आयोजना गरिने जिल्ला फटबल संघ उदयपुरका अध्यक्ष रन्जन कार्कीले जानकारी दिनु भयो ।
राष्ट्रिय महिला खेलाडिहरु सम्मेलित उदयपुरमा पहिलो पटक आयोजना गरिएको प्रतियोगीताले महिला खेलाडिहरुमा थप हौसला बढेको त्रियुगा नगर खेलकुद विकास समितिका सचिव किरन कार्कीले बताउनु भयो ।

Last updated:2023 May 06 Saturday 14:40:29

प्रतिक्रिया
सम्बन्धित समाचार