उपहार न्यूज
उदयपुर बैशाख १२
उदयपुर जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा उप मेयर गोल्डकप महिला फुटबल प्रतियोगीता हुने भएको छ । थरुहट रंगशाला गाईघाटमा आगामी बैशाख १६गते देखि प्रतियोगीता आयोजना हुन लागेको हो । प्रतियोगीतामा आयोजक गाईघाट फुटबल क्लबको महिला टोली सहित विभिन्न ८ वटा क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगीताको उद्घाटन खेल बैशाख १६ मा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरी र बागमति युवा क्लब सर्लाहि विच हुने छ । दोस्रो खेल एनविवाईसि सप्तरी र हेटौटा फुटबल क्लब विच हुने छ भने बैशाख १८ मा अल इन वान क्लब झापा र डिडब्लुएफसि धरान सुनसरी विच प्रतियोगीता हुने छ ।
प्रतियोगीताको अन्तिम सेमिफाईनल खेल आयोजक गाईघाट फुटबल क्लब र पिएसडब्लुसि पथरी मोरङ विच हुने आयोजक जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रन्जन कार्कीले जानकारी दिनु भयो । महिला फुटबल खेलाडिहरुको विकास र प्रबद्र्धन तथा व्यवसायीकरणको लागि प्रतियोगीता आयोजना गर्न लागिएको जिल्ला फुटबल संघ उदयपुरले जनाएको छ ।
थरुहट रंगशाला गाईघाटमा दिनको ३ बजे देखि सुरु हुने प्रतियोगीताको मुख्य प्रायोजन त्रियुगा नगरपालिकाले गरेको छ, त्रियुगा नगरपालिकाको १६ वटै वडा, नेपाल टेलिकमले समेत प्रतियोगीताको लागि प्रायोजन गरेको छ । प्रतियोगीतालाई अखिल नेपाल फुटबल संघ एन्फाको सहयोग तथा त्रियुगा नगर युवा तथा खेलकुद विकास समिति उदयपुरको समन्वयमा गर्न लागिएको जिल्ला फुटबल संघ उदयपुरका महासचिव मदन भुजेलले जानकारी दिनु भयो । प्रतियोगीताको बिजयी समुहलाई एक लाख र उपबिजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् प्रतियोगीतामा कुल १३ लाख खर्च हुने आयोजिक जिल्ला फुटबल संघ उदयपुरले जनाएको छ ।