Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

हाडेबासका कृषकलाई कृषि र पशुपालन तालिम

  • उपहार न्यूज
  • बुधबार, चैत्र २९ २०७९
हाडेबासका कृषकलाई कृषि र पशुपालन तालिम

उपहार न्यूज
उदयपुर चैत २९
कृषि र पशुलाई व्यवसायीकरुपमा अघि बढाउनको लागि उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ ले स्थानिय अगुगा कृषकहरुलाई दुई दिने कृषि तथा पशुपन्छी पालन संम्बन्धि अनुशिक्षण तालिम सुरु गरेको छ ।
वडा नम्बर ७ हाडेबासमा बुधबारबाट सुरु भएको तालिमको उद्घाटन वडाअध्यक्ष भुवन केप्छाकी मगरको अध्यक्षतामा सुरु भएको थियो । वडा कार्यालयद्धारा आयोजित उक्त तालिममा ५० जना स्थानीय कृषकहरुले सहभागित जनाएको छ । कृषि र पशुपालनबाट जिविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ सुरु गरिएको तालिममा स्थानीय कृषकहरुलाई तत्काल देखा परेका कृषि तथा पशुहरूको रोगको बारेमा सचेतना साथै त्यसका उपाएहरु बारेमा अवगत गराउने छ ।
बिहिबार सम्म सम्म संञ्चालन हुने तालिममा हाडेवासका २० जना महिला र ३० जना पुरुष गरी जम्मा ५० जनाको सहभागीता रहेको वडा सचिव खिलाराज कार्कीले जानकारी दिनु भयो । दुई दिन सम्म संचालन हुने तालिमको सहजीकरण कृषि विशेषज्ञ मोहन फयल र शेखर कार्कीले गरी रहनु भएको छ ।

Last updated:2023 Apr 12 Wednesday 11:52:08

प्रतिक्रिया
सम्बन्धित समाचार