Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

ए डिभिजनमा सुदिपको डेब्यू

  • उपहार न्यूज
  • मंगलबार, चैत्र २८ २०७९
ए डिभिजनमा सुदिपको डेब्यू

उपहार न्यूज
उदयपुर चैत २८
नेपाली फुटबल प्रतियोगीताको सर्बाधिक राशी पुरस्कार भएको प्रतियोगीता ए डिभिजन लिगमा उदयपुरका सुदिप श्रेष्ठले डेब्यू गरेका छन् । १५ बर्षको उमेर देखि फुटबल खेल्न सुरु गरेका त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेका सुदिप श्रेष्ठले सुरुवाती दिनमा स्थानिय फ्युजन फुटबल कल्बबाट फुटबल खेल्न सुरु गरेका थिए ।
राष्ट्रिय तथा स्थानिय स्तरमा हुने प्रतियोगीताहरुमा उत्कृष्ट प्रस्तुती दिदै आएका श्रेष्ठले अन्तराष्ट्रिय प्रतियोगीताहरु समेत खेली सकेका छन् ।
पछिल्लो समय उनी मोफसलमा हुने विभिन्न प्रतियोगीताहरुमा विभिन्न क्लबबाट अनुबन्धित हुदै खेल्दै आएका थिए । हाल हिमालयन शेर्पा क्लबबाट ए डिभिजन लिग सम्मको यात्रा गरेका सुदिपले यस अघि बि डिभिजन लिगमा प्लानिङ ब्वाईज युनाईटेड र सि डिभिजनमा चर्च ब्वाईजबाट प्रतियोगीतामा आफ्नो उत्कृष्ट प्रस्तुती दिई सकेका छन् । हाल हिमालयन शेर्पाबाट ए डिभिजनमा प्रवेश गरेका सुदिप भविष्यमा अझ राम्रो संग फुटबललाई व्यवसायीक खेलाडिको रुपमा अघि बढ्ने सोचमा रहेका छन् ।

Last updated:2023 Apr 11 Tuesday 13:15:35

प्रतिक्रिया
सम्बन्धित समाचार