Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कतारमा बिभिन्न जातीय संस्थाका अगुवाहरु सम्मानित, कलाकारहरुलाई प्रसंसा

  • उपहार न्यूज
  • सोमबार, चैत्र ६ २०७९
कतारमा बिभिन्न जातीय संस्थाका अगुवाहरु सम्मानित, कलाकारहरुलाई प्रसंसा

कतार । प्रवासमा रहेर पनि जातिय संघसंस्थामा आबद्ध हुँदै कला, भाषा, संस्कार र संस्कृतिको जगेणर्ा गर्न महत्वपूणर् भूमिका निर्वाह गरेको भन्दै कतारमा तीन जना सम्मानित भएका छन् । किराँत मूल समारोह आयोजक समिति दोहा कतारले एक समारोहकाबीच उनीहरुलाई सम्मान गरिएको हो ।

किरात समुदायको महान पर्व तथा ऐतिहासिक दिनहरुमा बिभिन्न कार्यक्रम आयोजना गरी बिदेसमा समेत प्रबद्र्धनमा अतुलनीय योगदान पुर्‍याएको ठहर गर्दै ओखलढुंगाका सामुयल सुनुवार ‘साम’, कतारमै कार्यरत पदमबहादुर राई र बिक्रम सुनुवार सम्मानित भएका ह्न् । सामुयल ‘साम’ सुनुवार सेवा समाज शाखा कतारका प्रमुख सल्लाहकार हुन् भने पदमबहादुर किराँत राई यायोक्खा कतार शाखाका लागि शिलीमोपा हुन् । त्यस्तै कमल बिक्रम भने सुनुवार सेवा समाज शाखा कतारका लागि सांस्कृति संयोजक हुन् ।

सामुयलले केही महिनाअघि कतारमा सम्पन्न विश्वकप फुटबल प्रतियोगिता २०२२ मा गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको साँस्कृतिक संयोजकको रुपमा कतारस्थित बिभिन्न नेपाली तथा मातृभाषी संघ संस्थाहरुलाई समन्वय गरी नेपाली मौलिक साँस्कृतीलाई विश्वमाझ झल्काउन योगदान गरेको आयोजकले जनाएको छ । यता पदमबहादुरले पनि लामो समयदेखि किराँत समुदायको सांस्कृतिक नृत्य साकेला सिली प्रशिक्षक (सिलिमोपा)को रुपमा योगदान पुर्‍याउदै आएका छन् । त्यस्तै कतारमा हुने विभिन्न कार्यक्रमहरुमा नृत्य प्रशिक्षकको रुपमा कमलबिक्रमले पनि ख्याती कमाएका छन् ।

सम्मानित हुने तीनै जनालाई किराँत मूल समारोह आयोजक समिति दोहा कतारका संयोजक तथा किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष प्रमुख अतिथी शंकरमान राई, उपसंयोजक सुनुवार सेवा समाज कतारका अध्यक्ष निरबहादुर सुनुवारलगायतले खादा र दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरेका थिए । बैदेशिक रोजगारीको सिलसिलामा कतार रहेर बिभिन्न कलाकारितामार्फत नेपालको पहिचानमा टेवा पुर्‍याएको भन्दै सोही क्रममा केही कलाकारहरुलाई पनि कदरपत्र र प्रशांसपत्र प्रदान गरिएको थियो ।

दोहास्थित किराँत राई यायोक्खा, सुनुवार सेवा समाज सांस्कृतिक बिभागले शुक्रबार आयोजना गरेको कार्यक्रममा सम्मानसँगै कलाकार भेटघाट तथा बिबिध सांस्कृतिक प्रस्तुतीहरु समेत राखिएका थिए । किरात मूल समारोह साँस्कृतिक विभागका कार्यक्रम संयोजक तथा किरात राई यायोक्खा शाखा कतारका कार्यवाहक साँस्कृतिक संयोजक धर्मराज राईको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारका साँस्कृतिक संयोजक जमुना श्रेष्ठ र महासंघमा आवद्ध मातृसंस्थाहरुका साँस्कृतिक संयोजकहरु, मूल समारोहका अग्रज तथा सल्लाहकारहरुको सहभागिता रहेको थियो । उपसंयोजक सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष निरबहादुर सुनुवारले उपस्थितहरुलाई स्वागत मन्तव्य राखेका थिए ।

त्यस्तै कार्यक्रममा बोल्ने आतिथ्य बक्ताहरुले प्रवासमा रहेर पनि स्वदेशको कला, भाषा, धर्म, संस्कार र संस्कृतिको जगेणर्ा गर्नु गौरबमय भएको बिचार राखेका थिए । मूल समारोह आयोजक समितिका सदस्य सचिव तथा सुनुवार सेवा समाज शाखा कतारका महासचिव शुभराज सुनुवारले पहिलो चरण र दोस्रो चरण साँस्कृतिक कार्यक्रम सुनुवार सेवा समाज शाखा कतारका साँस्कृतिक संयोजक कमलबिक्रम सुनुवारले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार