Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

त्रियुगा ५ मा जारी वडाध्यक्ष कपमा स्वर्णिम युवा क्लव सेमीफाईनल प्रवेश

  • उपहार न्यूज
  • आइतबार, चैत्र ५ २०७९
त्रियुगा ५ मा जारी वडाध्यक्ष कपमा स्वर्णिम युवा क्लव सेमीफाईनल प्रवेश
त्रीयुगा नगरपालिका-५ मा भएको वडा अध्यक्ष फुटबल कप खेलमा स्वर्णिम युवा क्लबले जित निकालि सेमिफाइनलमा प्रवेश गरेको छ। आईतबार भएको खेलमा स्वर्णिम युवा क्लब जलजलेले क्रेजी फुटबल क्लब श्रीपुरलाई ४-२ गोलले पराजित गरेको छ । निर्धारित ६० मिनेटको खेलमा पहिलो हाफमा स्वर्णिमका ४ नम्बर खेलाडी सुवास मगरले सुरुवाती गोल गर्दै टिमलाई अगाडी बढाएका थिए। लगत्तै क्रेजी युवाका १० नम्बर खेलाडी राहुल तामाङले गोल फर्काएका थिए।
स्वर्णिम युवाको तर्फबाट ३० नम्बर खेलाडी आयुस राईले थप १ गोल गर्दै पहिलो हाफमा स्वर्णिम युवालाई २-१ ले अगाडी बढाएका थिए । दोश्रो हाफ सुरु भएको केही क्षणमै क्रेजी युवाको तर्फबाट १५ नम्बर खेलाडी आयुश मगरले १ गोल गर्दै खेललाई बराबरी बनाएका थिए। खेलको अन्तिम १० मिनेटमा स्वर्णिमका आयुष राईले थप १ गोल गरेका थिए। त्यसको लगत्तै स्वर्णिमकै १० नम्बर खेलाडी सन्दिप राईले १ गोल थप्दै जित दिलाएका थिए। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने स्वर्णिमका नविन मगर ”म्यान अफ द म्याच” घोषित भए।
त्रीयुगा नगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोग र श्रीपुर फुटबल क्लब श्रीपुरको आयोजनामा संचालित फुटबल प्रतियोगितामा जम्मा ८ टिमले भाग लिएका छन। सोमबार हुने सेमिफाइनलको खेल श्रीपुर फुटबल क्लब श्रीपुर र सगरमाथा युवा क्लब राजाबास बिच हुने आयोजकले जनाएको छ।

Last updated:2023 Mar 19 Sunday 14:04:27

प्रतिक्रिया
सम्बन्धित समाचार