
रन्जना ताजपुरिया
म मनोसामाजिक परामर्शकर्ता हु । बिगत १२ बर्ष देखि म मनोपरामर्शको क्षेत्रमा सेवा दिदै आइरहेको छु। मैले बिभिन्न संघसंस्था र क्षेत्रमा काम गरेकी छु । जस्तै एच आइ भिड्स प्रभाबित, लागु औषध तथा दूब्र्यसनि, दोण्द्ध प्रभाबित र अहिले लैङ्गिक हिंसाको क्षेत्रमा संलग्न भएर काम गरिरहेको छु । यस्ता फरक फरक घटनाले ब्यत्तिको शारिरिक, मानसिक,सामजिक, सास्कृतिक एवम संबेगात्मक पक्षमा पारेको अरि तथा समस्याहरुलाई नजिक बाट महसूस गरेकीछु । यी बिभिन्न क्षेत्रमा काम गरिरहदा सबै समस्यासंग हिंसा काहि न काहि जोडिएको पाए । यति लामो समय देखि यो क्षेत्रमा काम गरीरहदा आफुले गरेको काम सम्झिन्दा मनमा अनेकौ जिज्ञासा तथा प्रश्नहरु आउने गर्छ । जस्तै हिंसाको भावना सूरु काहाँ बाट भयो ? हिंसा गर्न मानिसहरु किन लागीपरिरहेका छन्? कसले सिकायो हिंसा गर्न ? के अरुलाई दूख दिदा वास्तवमा (साचिकै ) मनमा आनन्द आउछ होला त ? हाम्रो समाजमा कहिले परिवत आउला त?।
लैङ्गिकहिंसामाबिशेष गरि महिला बालबालिका तथा पुरुषलाई हूने गरेको छ । तर तथ्यांकको आधारमा हेर्ने हो भने महिला बालबालिकामा नै धेरै देखाएको छ । अस्पतालमा आधारित एक द्धार संकट ब्यबस्थापन केन्द्रमा काम गरेको मेरो अनुभबले पनि बताएको यहि हो । मैले जती पनि मनोविमर्श सेवा दिएको छु धेरैहिंसा प्रभाबित महिला, किशोरीहरुलाई र थोरै मात्रामा पुरुषहरुलाई पनि सेवा दिदै आएकी छु । यी सेवाग्राहीको तुलनात्मक संख्यालाई विश्लेषण गर्दा हाम्रो समाजमा महिलालाई मात्र हिंसा हुने होइन हिंसामा पुरुषहरु पनि परिरहेका छन् । तर बिडम्बना यो छ कि हाम्रो समाजमारहेका मानिसहरुको पुरुषप्रधान वा पितृसत्तात्मक सोच भएरकै कारण त्यती धेरै पुरुषहरु खुलेर आउनु सकेकाछैनन्। यस्ता पुरुषहरु लाई मैले मनोविमर्श सेवाप्रदान गरिरहेको छु । पितृसत्तात्मक सोच भएको हाम्रो समाजमा पुरुषलाई सर्बस्व मानेर आर्थिक,सामाजिक र परिवारिक जिम्मेवारी उठाउन नसक्दा लाग्ने बिभिन्न लान्छानाहरु को कारण भएको मनोसामाजिक समस्या बेग्लैछ। यदि पूरुषलाई समस्या नभएको हून्थ्यो भने जिल्ला अस्पतालमा दिनहू आत्महत्याको घनाहरु आउदैनन् थिए होला ।
बिवाह पछि महिलाले भोगेका समस्याहरु, परिवारका सबै सदस्यहरुलाई खुसी बनाएर आफु खुसी हुनु पर्ने महिला, आफनो सबै चाहाना दबाएर घरको चलाचौकामा सिमित रहनु पनर्,े हरेक पारिवारिक कलह हुदा एउटी महिलालाई दोसीठहरीनु पर्ने र महिलाहरुले आफनो घर परिवार सम्हाल्नकै लागी पनि आफुले भोगिरहेको शारिरीक, मानसिक यातानाहरु सहेर बस्ने गरेका छन् जसको परिणाम स्वरुप बिभिन्न मनोसामाजिक बिकार एबम मनसंग सम्बन्धित समस्याहरु देखा परिरहेका छन् । मैले ती महिलाहरुको बिषयमा लेख्ने प्रयास गरेको छु ।
मलाई लाग्थ्यो महिलाहरु कहिले स्वतन्त्र भएर बाच्न पाउछन् होला, के पुरुषहरुलाई मात्र स्वतन्त्र रहने र आफनो यौन इच्छा ब्यक्त गर्नेस्वतन्त्रता हुन्छ? महिलालाई हुदैन? महिलाहरुले आफनो श्रीमानलाई आफनो समस्या, पिडा, यौन इच्छा कहिले खूलेर ब्यक्त गर्छन् होला ? एक दिन मैले लैकि हिंसा रोकथामा पुरुषको सहभागिता भन्ने तालिम संचालन गरिरहेको बेला आफनै श्रीमानसंग अनुहार हेरेर बोल्नलाई पनि समस्या भएको पाए र मैले ती महिलासंग पछि कुरा गरे किन बोल्न गारो मान्नुभएको भन्दा ती महिलाको उत्तर थियो “मैले मेरो श्रीमानको अनूहार हेरेर आज सम्मकहिलै बोलेकीछैन” । मलाई आस्चर्य लाग्यो र पछि भेटेर अरु कुराकानी पनि गरे । यसरी बिभिन्न शहरीक्षेत्र देखि लिएर बिकट सामुदायिक क्षेत्रहरुलाई समाबेश गरि जोडि तालिम, लैéकता सम्बन्धित बिभिन्न कार्यक्रमहरुमा सन्चालन गरे जसको फलस्वरुप पहिलाको भन्दा अहिले धेरै महिलाहरु आत्मनिर्भर भएका छन् । आफनोलागीआफैले निर्णय गर्न सक्ने र आफू पनि खुसी रहनू पर्छ भन्ने भावनामा बिकास भएको पाएको छु ।
मैले यो परियोजनामा काम गरिरहदा धेरै बिवाहित जोडिहरुलाई पनि मनोबिमर्शसेवा प्रदान गर्ने मौका पाएकीछु । धेरै जसो जोडिसंग कुरा गर्ने क्रममा हिंसाको प्रकार अरु भए पनि पटक पटकको भेटमा मनोबिमर्श सेवा प्रदान गर्दा यौनसंग सम्बन्ति कुराले गर्दा श्रीमान श्रीमतीको झगडा हुने गरेको पाए जस्तैः श्रीमानयौन चाहाना पुरा नभएको खण्डमा रक्सी पिएर कुटपिट गर्ने, सब्जीमा नुन लागेन, आज खाना मिठो भएन यी बिभिन्न बाहाना बनाएर कुटपिट गर्ने र चोटपटक लिएर ओ. सि. एमं.सि. मा उपचारका लागी आएका छन् । महिलाको इच्छा बिपरित यौन सम्बन्ध राख्ने, महिला चाहि श्रीमानको यौन चाहाना मात्र पुरा गर्नलाई बिवाह गरे जस्तो गर्ने, आफनो खुसी त्यागेर श्रीमानलाई खुसी राख्नूुुपर्ने, छोरा जन्माउन कै लागी अप्रेसनगर्नु पर्ने, यति गर्दा गर्दै पनि त्यही महिला उस्तो भनेर समाजको भनाई सुन्नूुपर्ने । एकत हाम्रो समाजमा अझै पनि यौनका कुरा खुलेर गर्ने चलन छैन कसैले बोल्यो भने यो महिला त खतम रहिछ भनेर आरोप तथा लाल्छना लगाउने प्रबिधि त छदैछ,कोही महिलाले आफनो श्रीमानसंग यौन चाहाना ब्यक्त गर्दा “ल… कोसंग बानि परिस् भन्ने,नबोलौ कोसंग सुतेर आइस्”भन्ने महिलालाई केहि गर्दा जस छैन । दम्पती बिच आर्थिक, सामाजिक, पारिवारिक लगायत सवालमा बेमेल हुदै जान्छ, जहाँ माया भन्दा बडिघृणा, असमझदारी, सम्झौता, बैचारिक मतभिन्नता हुन्छ त्यहाँ मिलाप भन्दा बढि सम्बन्धमा खटपटसूरु हुन्छ । समाजले देख्ने भनेको कुटपिट र बाहिरि झगडा, चोटपटक हो । मानसिक तथा भावनात्मक याताना देखिदैन जुनचाहि भित्रभित्रै भुसको आगो जस्तै डरलाग्दो गरि बलिरहेको हुन्छ र यस्तो अवस्थामा माइतीले सहारा नदिने, एक्लै बस्न आर्थिक अभाव ुूने अवस्थाले निरासा र एक्लोपना बडछ ।यस्तो अवस्थामा चिन्ता, मानसिक र शारिरिक कमजोरी, आत्मविश्वासको कमि जस्ता समस्या भएका धेरै घटनाहरु मैले देखेको छु । यो समस्यालाई सम्हाल्न नसकेर कयाँै महिलाहरु आत्महत्या गरेका छन्भने कतिले प्रयास गरेर ओ. सि. एम सि मा आएकाछन् । पितृसत्तात्मक सोचको कारणले कुनै पनि ब्यक्तिले आफैलाई अर्थात अरुलाई यौनिक, शारिरिक,मानसिक, सामाजिक, सास्कृतिक तथा ब्यक्तिको आत्मसम्मान र बिकासमा चोट तथा अवरोध पुप्याउछ भने त्यो नैलैङ्गिक हिंसा हो ।सुन्दर परिवार बनाउन मलाई लाग्छ बैवाहिक सम्बन्धलाई जोगाउन दोहोरो भुमिका हुनु पदर्छ । हाम्रो समाजलाईपरिवर्तन गर्नु पर्ने खराबमुल्यमान्यता र अन्धबिस्वासलाई त्याग्नु पदर्छ । महिलालाई पनि सम्मान, हौसला र माया दिऊ ताकि उसले पनि घरव्यवहार सम्हाल्नलाई मदत गरोस् ।र अर्को कुरा बिवाह गरेर गएकी छोरी चेलिलाई दुख पाइस भनेर हेला नगरौ, माइतीको साथ सहयोग गरौ ताकि उसको जिवन खुसीरहन सकोस् ।
बिगत लामो समय देखि आजसम्म काम गरिरहदा धेरै परिवर्त भएको पनि पाएको छु । अब महिलाहरु सहेर बस्न छाडेका छन्, आफनो खुसीले बाच्न चाहन्छन्, सम्बन्ध बिच्छेद गर्नलाइ धेरै ठुलो आँट र हिम्मत चाहिन्छ महिलालाई त्यो हिम्मत र आँट आउने भनेकै पिडादायी जिवनशैली र दैनिक मानसिक यातनाले हो । जुन महिला आफनो खुसी त्यागेर छँेराछोरी र श्रीमानको खुसिमा सर्मपित हुन्छिन् र श्रीमान बाट खुसी, सम्मान, कदर र इज्जत नै पाउदिन भने त्यो सम्बनध केको लागी बचाउने । कोहि पनि महिला आफनो घर बिगार्न चाहदैनन् र रहर पनि हुदैन यो त समस्या सहन नसकेर गरेको एउटा बिकल्प हो । मेरो अर्को अनुभव अदालतमा मासिक तथ्याकं लिन जादै गर्दा दिनहु सम्बन्ध बिच्छेदका मुदाहरु देख्छु। दिनहु१०,१२ जनाको कागज पेस भएकोदेख्छु त्यो देख्दा खुसी पनि लाग्छ । यो त एउटा जिल्लाको तथ्यांक हो बाकि जिल्लाहरुमा कति होलान्यस्ता मुद्धाहरु। एउटा कथन छ “मर्नू भन्दा बौलाउनु बेस” । हुनत हाम्रो समाजमा सम्बन्ध बिच्छेदलाई राम्रो मानिदैन र अरुले सल्लहा दिने पनि गर्छन किन सम्बन्ध बिछेद गर्नु पर्यो? महिला भएर सहनु पर्छ कहिलेकाहि झगडा भइहाल्छनी, सम्बन्धबिच्छेद नगरेर अलग बसे भइहाल्थीयोनि जस्ता कुरा गर्ने सकेसम्म सबैले मिल्नलाई सुझाव दिन्छन् भने कसैले भन्छन् होइन फल्नाले ठिक गरि पहिला नै गर्नु पर्थियो ढिला भयो जस्ता कुरातर महिलाको बास्तबीक पिडा, भोगाईलाई कसैले चासोको विषय बनाउदैनन् । हाम्रो समाजले महिलाहरुले सहेर बस्नु पर्ने मानसिकता बनाएको हुन्छ । सम्बन्ध बिच्छेदगर्दा राम्रो संगसंगै नराम्रो पनि भइरहेको छ त्यो म मान्छु । समाजमा आमा बुबाको निर्णयले बच्चाबच्चीहरुमापर्ने नकरात्मक असरहरु तछदैछन्् । हुनत दिनरातको झैझगडा र मामसिक तनाव, यातना र लान्छना सहेर त्यहि परिवारमा बस्नु भन्दा एक्लो आमाले हुर्काएको बच्चाको मानसिक स्वास्थ्य राम्रो भएको पनि पाएको छु । सम्बन्ध बिच्छेद समस्याको समाधान त होइन बच्चालाई आमा बुबा दुबैको माया उतिकै जरुरी छ । कहिलेकाहि सम्बन्धमा उतारचढाव आएमा मनोविमर्श सेवा सहयोग लिन सकिन्छ । सम्बन्ध बिच्छेद दाम्पतिय सम्बन्ध बचाउन खोज्दा खोज्दै मिल्न नसक्दाको बिकलप अथवा परिणम हो । यस्ता हिंसाका घटनाहरु घट्नुको साटो अझै बड्दै गएको अवस्था छ ।
जिल्ला अस्पतालमा रहेको एक द्धार संकट व्यवस्थापन केन्द्र (ओ सि एम सि)ले यसै अन्तर्गत रहेर हिंसा प्रभावित सेवाग्राहीहरुलाई स्वास्थ्य उपचार, मनोविमर्श सेवा, कानुनि सल्लाह र सहयोग, सुरक्षित आवास, सुरक्षा र हेरचाह र पुनस्र्थापना गर्ने कामहरु गर्दै आइरहेको छ । विगत ७ वर्ष देखि ओ सि एम सिमा आवद्ध रहेर स्थानिय सरकारवालाहरु र प्रसाशनीक निकायहरु सँग आपसी समन्वय गर्दै मैले मनोसामाजिक मनोविमर्श सेवा प्रदान गर्दै आइरहेको छु ।
लैङ्गिक हिंसाले ब्यक्ति, समाज र सिंगो देशलाई नै नोक्सान पुप्याइरहको अवस्था छ । अहिले अवस्था र दैनिक घटनाहरुलाई यी घटनाहरुले देखाइका तथ्यंकाहरुलाई हेर्दा र ओ सि एम सि मा आएका सेवाग्राहीहरुको घटना, अवस्थालाई बिश्लेषण गर्दा लैङ्गिक हिंसाको रोकथाम गर्नका लागी ब्यक्तिको बुझाइमा परिवर्तन ल्याउन एकदमै जरुरी छ । तर हालको परिवेशलाई हेर्दा यो समस्या जटिल र व्यवथापन गर्न चुनौतीको बिषय बन्दै गएको छ । यसकोलागी समुदाय,स्थानीय सरोकारवाला, गैरसरकारी संस्था, प्रसाशनिक निकायहरु र बिद्यालयहरुमा लै िक हिंसा सम्बन्धित चेतनाको स्तर बिकास संगसंगै कानुनी पक्षलाई प्रभाकारी कार्यान्वयनको लागी ध्यान पुराउन आवश्यक छ । र हाम्रो समाजमा गडिएर रहेको पितृसतात्मक सोच, पुराना रुढिबादी परम्पराहरुलाई त्याग गर्दै मानवको आपसी समझदारीमापरिर्वतन ल्याउनु पर्छ ।
लेखक (बरिष्ठ मनोविमर्शकर्ता) सिएमसि नेपाल लैङ्गिकहिंसा रोकथाम तथा प्रतिर्काय परियोजनामा कार्यरत हुनुहुन्छ