Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

रौतामाई गाउँपालिका अध्यक्ष कपको सेमिफाईनलमा गाईघाट प्रवेश

  • उपहार न्यूज
  • बुधबार, फाल्गुन १७ २०७९
रौतामाई गाउँपालिका अध्यक्ष कपको सेमिफाईनलमा गाईघाट प्रवेश

शंकर रिखाम मगर
उदयपुर फागुन, १७।
रौता स्पोर्ट क्लव रौतामाइ ७ को व्यवस्थापन तथा जिल्ला फुटवल संघ उदयपुरको समन्वय र रौतामाइ गाउँपालिका भुट्टारको आयोजनामा प्रथम रौतामाइ अध्यक्ष फुटवल कप प्रतियोगितामा आदर्श युवा क्लबलाई एक का बिरुद्ध ५ गोलको फराकिलो अन्तरले गाईघाट फुटबल क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।
तेश्रो दिनको फुटवल खेलमा खेल गाइघाट फुटवल फुटबल क्लव त्रियुगा नगरपालिका र आदर्श युवा क्लव नेपालटार उदयपुरगढी विच भएकोथियो उक्त खेलमा खेल सुरु भएको ११ औं मिनेटमा गाइघाट फुटवल क्लवका जर्सी नम्वर ११ का दिपक खपाङ्गी मगरले १ गोल हानी अग्रता दिदै लगातार ३६ औं मिनेटको अन्तरमा गाइघाटकै जर्सी नम्बर ११ का खेलाडी दिपक खपाङ्गी मगरले थप १ होल हानेकाछन ।
मध्यान्तर पछि खेलको खेलमा ९ मिनेट वित्न नपाउदै आदर्श युवा क्लव नेपालटार उदयपुरगढिका जर्सी नम्वर ९ का खेलाडी आदेश राइले १ गोल हानेकाछन भने १९ औं मिनेटमा गाइघाट फुटवल क्लवका खेलाडी जर्सी नम्वर ११ का दिपक खपाङ्गी मगरले १ गोल थप गरि आफ्नो ट्मलाइ अग्रता दिलाएकाथिए । खेल सकिन २ मिनेट वाकी समयमा गाइघाटका जर्सी नम्वर ६ का खेलाडी अमन लामाले १ गोल गर्न स्फल भएका थिए भने खेलको समय सकिन ३० सेकोण्ड वाकी रहदा पेनान्टी शुट आउटमा गाइघाटका खेलाडि दिपक खपाङ्गी मगरले १ गोल गरि जितको सुनिश्चित गराकाथिए ।
आजको खेलमा म्यान अफ दि म्याचका गाइघाट फुटवल क्लवका जर्सी नम्वर ११ का खेलाडी दिपक खपाङ्गी मगर घोषित भएकाछन उक्त घोषित खेलाडिलाइ रौतामाइ गाउँपालिका, ७ का युवाहरुका ढुकढुकि तथा राजावास युवा संजालका अध्यक्ष कृष्ण राईले नगद १ हजार सहित मेडल प्रदान गरि सहयोग गरेकाथिए ।
आज खेलाइएको खेलमा रेफ्रीहरुमा कुमार आले मगर(राजु)को साथमा तिलक विक, अम्वरवहादुर राई, विजय राई र रुपेश मगर रहेकाथिए ।
भोलिको खेल त्रियुगा स्पोर्ट क्लव फत्तेपुर सप्तरी र कटारी फुटवल क्लव विच हुने आयोजकले वताएकोछ भने १९ गतेको प्रथम सेमि फाइनल खेल वसाहा–११ र गाइघाट फुटवल क्लवविच हुने भएकोछ ।

Last updated:2023 Mar 01 Wednesday 13:50:07

प्रतिक्रिया
सम्बन्धित समाचार