शंकर रिखाम मगर उदयपुर फागुन, ९। उदयपुरको रौता स्पोर्ट्स क्लव मुर्कुचिको आयोजनामा फागुन १५ गतेवाट प्रथम रौतामाइ गाउँपालिका अध्यक्ष फुटवल प्रतियोगिता खेलाउने भएकोछ । राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल र शिक्षाका लागि खेल भन्ने मुलनाराका साथ खेलाइने उक्त फुटवल प्रतियोगितामा उदयपुरगढी, फत्तेपुर सप्तरी, गोलवजार सिराहा, कटारी उदयपुर, बसाहा-११, फ्युजन क्लव, गाइघाट फुटवल क्लव र आयोजक सहित ८ समुहले सहभागिता जनाउने रौता स्पोर्ट क्लवका अध्यक्ष हरि आले मगरले जानकारिदिए । खेलको अन्तिममा प्रथम विजेता समुहलाइ नगद ५० हजार रुपैयाँ सहित ट्रकी र मेडल प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता समुहलाइ नगद ३० हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष मगरले वताए । खेलको क्रममा दैनिक रुपमा एकजना म्यान अफ दि म्याच घोषणा गरि उक्त खेलाडिलाइ नगद १ हजार रुपैयाँ प्रदान गरिने जानकारी दिदै खेलको अन्तिम तथा समापनको दिनमा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता र गोल रक्षकलाइ नगद पुरस्कार प्रदान गरिने भएकोछ । उक्त फुटवल खेल फागुन १५ गतेवाट सन्चालन गरि २१ गते फाइनल तथा समापन गरिने आयोजकले वताएकोछ । उक्त फुटवल खेल त्रीयुगा नगरपालिका वडा नम्वर,१६ स्थित उदयपुर सिमेण्ट उधोग लिमिटेड खानि महाशाखा सुकौराको खेल मैदानमा हुने खेलको उद्घाटन समारोह रौतामाइ गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार आले मगरको प्रमुख अतिथिमा सन्चालनहुने भएकोछ ।