Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

ब्रदर्श ग्रुप फाईनलमा प्रवेश

  • उपहार न्यूज
  • बुधबार, फाल्गुन ३ २०७९
ब्रदर्श ग्रुप फाईनलमा प्रवेश

उपाहार न्यूज
फागुन ३ उदयपुर
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ६ मा जारी दोस्रो वडा अध्यक्ष कप लिग नकआउट फुटवल प्रतियोगीताको फाईनलमा ब्रदर्श ग्रुप फुटवल क्लब पुगेको छ । बुधबार भएको सेमिफाईनल खेलमा स्मार्ट क्लव पोर्ताहलाई ६—२ को फराकिलो गोल अन्तर सहित ब्रदर्श ग्रुप फाईनलमा प्रवेश गरेको हो ।
ब्रदर्श ग्रुपको लागि प्रविन राईले ३ गोल, प्रविण श्रेष्ठले १ गोल सनम राईले १ गोल र दिवश श्रेष्ठले १ गोल गर्न सफल भएका थिए । प्रतियोगीताको फाईनलमा फागुन ४ गते विहिबार हुने छ । ब्रदर्श ग्रुपले फाइनलमा स्वर्णिम युवा क्लब जलजले संग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगीताको बिजयी हुने टोलीले नगद ३० हजार तथा उपबिजेताले १५ हजार प्राप्त गर्ने छन् ।

Last updated:2023 Feb 15 Wednesday 13:31:38

प्रतिक्रिया
सम्बन्धित समाचार