Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

उदयपुरमा दोस्रो खाना तथा लाखे नाँच महोत्सव सुरु (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • सोमबार, पुष ४ २०७९
उदयपुरमा दोस्रो खाना तथा लाखे नाँच महोत्सव सुरु (फोटो फिचर सहित)

उपाहार न्यूज
उदयपुर पौष ४
उदयपुरमा सोमबार देखि दोस्रो उदयपुर खाना परिकार महोत्सव तथा प्रदेश नम्बर १ स्तरीय लाखे नाँच प्रतियोगीता सुरु भएको छ । झीगु नेःवा पुचः त्रियुगा नगर समितिको आयोजनामा दोस्रो पटक उदयपुरमा खाना परिकार महोत्सव तथा लाखे नाच प्रतियोगीता सुरु भएको हो ।
महोत्सवको एक समारोहका विच प्रदेश नम्बर १ का सडक पूर्वधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो । महोत्सवको समुद्घटान अघि विभिन्न जात जातीको झाकी सहित गाईघाट बजार परिक्रमा गरिएको थियो । महोत्सवको उद्घाटमा विभिन्न जातजातीहरुले आफ्नो झाकी प्रस्तुती गरेका थिए ।
विभिन्न परिकारहरुको प्रदर्शनी तथा विक्रि वितरण सहित आयोजना गरिएको खाना परिकार महोत्सवमा नेवारी, थारु, दनुवार, राई लगायतका विभिन्न जातजाती तथा स्थानिय होटल व्यवसायीहरुले परिकारका स्टलहरु राखेका छन् । महोत्सवमा प्रतिभाको खोजी गर्ने उद्देश्यले नेवा छमछमी २ को समेत आयोजना गरिएको झीगु नेःवा पुच गाईघाटका सचिव गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।
पौष ९ गते प्रदेश नम्बर १ स्तरीय लाखे नाँच प्रतियोगीताको समेत आयोजना हुने छ । प्रतियोगीतामा बिजयी हुनेले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५१ हजार र सान्तवनाले २१ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगीतामा सहभागीता जनाउनका लागि प्रदेश नम्बर १ का विभिन्न जिल्लाबाट लाखे नाच प्रतियोगीतामा सहभागीताको लागि आउने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिनु भयो ।
२०७५ सालमा पहिलो पटक होटल व्यवसायी संघ सगको समन्वयमा आयोजना गरिएको महोत्सव यस पटक झीगु नेवाः पुःचले आयोजना गरेको हो । त्रियुगा नगरपालिका, वडा नम्बर ११ समेत सह आयोजक रहेको महोत्सवमा गोर्खा ब्रअरी र सप्तकोसी सिमेण्टले समेत प्रायोजन गरेको छ ।

 

Last updated:2022 Dec 19 Monday 11:18:08

प्रतिक्रिया
सम्बन्धित समाचार