Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

खाना महोत्सव उदयपुरको पहिचान संग जोडिएको छ ः मन्त्री कार्की

  • उपहार न्यूज
  • सोमबार, पुष ४ २०७९
खाना महोत्सव उदयपुरको पहिचान संग जोडिएको छ ः मन्त्री कार्की

उपाहार न्यूज
उदयपुर पौष ४
प्रदेश नम्बर १ सरकारका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले विभिन्न जातजातीको भाषा धर्म स्कृतिको गजेर्ना गर्दै आयोजना भएको खाना परिकार महोत्सवले उदयपुरको पहिचान स्थापित गर्ने बताउनु भएको छ । झीगु नेवा पुचः त्रियुगा नगर समितिले सोमबार देखि गाईघाटा आयोजना गरेको एक साता लामो खाना परिकार तथा लाखे नाच महोत्सवको उद्घाटन गर्नु हुदै मन्त्री कार्कीले यस किसिमको कार्यक्रमले जिल्लाको पहिचानलाई स्थापित गर्नका लागि मद्दत पु¥याउने समेत बताउनु भयो ।
झीगु नेवा पुचः ले आयोजना गरेको खाना महोत्सव तथा लाखे नाच प्रतियोगीताले यस क्षेत्रको लोप हुदै गएको धर्म संस्कार र संकृतिको जगेर्ना मात्रै नभएर स्थानिय व्यापार व्यवसायको प्रबद्र्धन संगै आन्तरिक तथा वाह्र्य पर्यटन प्रबद्र्धनमा समेत जोड दिएको बताउनु भयो । उहाँले यस किसिमको कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनको लागि आग्रह गर्नु भयो । मन्त्री कार्कीले प्रदेश सरकारबाट आफुले यस किसिमको कार्यक्रमलाई सक्दो सहयोग पु¥याउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेकपा एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरे, नेपाली कांग्रेसका उप सभापती भिमचन्द्र राई, त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सुमन्त कोइराला, नेवा दय दवुका केन्द्रिय सदस्य तिलक श्रेष्ठ, नेवा देय दुवु उदयपुरका अध्यक्ष गौरीशंकर उदासले शुभकामना मनतव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन झीगु नेवा पुचःका सचिव गोपाल श्रेष्ठ स्वागत मनतव्य लेख बहादुर श्रेष्ठ र अध्यक्षता ज्ञानेन्द्र श्रेष्ठले गर्नु भएको थियो ।

Last updated:2022 Dec 19 Monday 11:14:16

प्रतिक्रिया
सम्बन्धित समाचार