Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

साफ फुटबल विजेता समुहका तीन खेलाडि सम्मानित

  • उपहार न्यूज
  • सोमबार, कार्तिक २८ २०७९
साफ फुटबल विजेता समुहका तीन खेलाडि सम्मानित

सुमन सागर
बेलका कात्तिक २८
बेलका नगरपालिकाले बंगलादेशमा सम्पन्न भएको अन्डर १५ उमेर समुहको महिला साफ फूटबलमा बिजेता बनेका राष्ट्रिय टोलीका खेलाडिहरुलाई सम्मान गरेको छ । बेलका नगरपालिका स्थाई घर भएका दुई जना र झापा अर्जुनधार नगरपालिका घर भएकी १ जना खेलाडिलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीले बेलका नगरपालिका स्थाई घर हुने समीक्षा मगर र दिपा मगरलाई जनही २५ हजारका दरले चेक हस्तान्तरण गर्नु भएको छ भने झापा घर हुने रेणु लिम्बुलाई ५ हजार नगदले सम्मान गरिएको छ ।
खेलाडिलाई काठमाडौ बाट बिराटनगर सम्म नगरकै खर्चमा विमान मार्फत ल्याइएको र बेलका ८ कोशी पुल बाट स्थानीयको बाक्लो उपस्तिथिमा फुलमालाले सम्मान गरि नगर परिक्रमा गरिएको थियो ।
खेलाडि र राष्ट्रका लागि खेल अत्यन्त महत्वपूर्ण रहेको छ । जसले र्गदा स्वास्थ्य राम्रो हुने गर्छ भने समाज विकास र अनुसाशित सब्य समाज निर्माणमा योगदान समेत पुर्याउने र्गछ । यहि हौसला स्वरुप सम्मान कार्यक्रम राखिएको नगर प्रमुख अशोक कार्किले बताए। राष्ट्रिय खेलमा बेलका नगरपालिका को खेलाडीले खेलेर जित हासिल गर्नु भएको छ । उहाँहरु नगरकै गहना हुनुहुन्छ।
खेल र खेलाडिको दिगो ब्याबस्थापनमा बेलका नगर सरकार सधै सकारात्मक रहेको र आगामी दिनमा हरेक बिधाका खेल र खेलाडिको संरक्षण गर्दै खेल क्षेत्रलाई अग्रणी रुपमा बिकास गर्ने समेत नगर प्रमुख कार्किले बताए।।
सम्मान कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष पर्वत दाहाल लगायत स्थानिय बासिको बाक्लो उपस्तिथि रहेको थियो।

Last updated:2022 Nov 14 Monday 13:09:09

प्रतिक्रिया
सम्बन्धित समाचार