उपाहार न्यूज
उदयपुर कात्तिक २०
बैंक तथा वित्तिय संस्थामा बढेको ब्याजदरको बिरुद्धमा जिल्लाभरका व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै मौन बिरोध प्रदर्शन गरेको छ । आईतबार त्रियुगा उद्योग वाणिज्य संघ, उदयपुर उद्योग वाणिज्य संघ, वेलका उद्योग वाणिज्य संघ, चौदण्डिगढी उद्योग वाणिज्य संघ, रौतामाई उद्योग वाणिज्य संघ र नेपालटार उद्योग वाणिज्य संघले संयुक्तरुपमा ज्ञापन पत्र बुझाएको हो ।
बैंक तथा वित्तिय संस्थाले ब्यादर बढाए पछि साना तथा मझौला व्यवसाय गर्दै आएका व्यवसायीहरुले समस्यमा खेप्दै आउनु परेको व्यवसायीहरुको गुनासो रहेको छ । व्यवसायीहरुको मागलाई यथासिघ्र संवोधन नगरीए थप कडा संघर्षको कार्यक्रमहरु सार्वजनिक गर्दै अघि बढ्ने त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्माले बताउनु भयो ।