Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सी डिभिजनमा चम्कदै सुनाकोठी समुह बिजेता बन्दै नकआउट प्रवेश

  • उपहार न्यूज
  • शनिबार, असोज २९ २०७९
सी डिभिजनमा चम्कदै सुनाकोठी समुह बिजेता बन्दै नकआउट प्रवेश

उपाहार न्यूज
उदयपुर असोज २९
सी डिभिजन छनौट प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गर्दै आएको सनाकोटी एफसि बिजयी भएको छ । शनिवार भएको प्रतियोगीतामा सविन मगरको पावर सट अमरसिंहका गोलकिपरले नियन्त्रण गर्न नसकेपछि २५ औं मिनेटमा श्याम मुर्मुरले पहिलो गोल गरेका थिए । सुनाकोटीको लागि दोस्रो गोल रोमन भुजेलको पासको सदुपयोग गर्दै हिशुभ थपलियाले गरेका थिए । सुनकोठीले खेलमा पूर्ण प्रभुत्व जमाएको थियो भने तेस्रो गोल सविन मगरले अमरदीप तामाङको उत्कृष्ट असिस्टमा गरेका थिए । दोस्रो हाफमा छैटौं मिनेटमा अमरसिंहले गोल गर्दै पुनरागमन गर्ने प्रयास गरे पनि सुनकोठी सिटी एफसीको दबदबा रोक्न सकेन । सुनकोठी सिटीका लागि हिशुब थपलियाले उत्कृष्ट भलीमार्फत चौथो गोल गरे भने ६९औं मिनेटमा सौरभ लिम्बुले दिएको पासमा रोहित सुब्बाले पाँचौं गोल गरे । सुनकोठी सिटी एफसीका कप्तान पदम भट्टराईले ७५ औं मिनेटमा विश्वस्तरीय हेडिङ गोल गर्दै सुनकोठी सिटी एफसीलाई ६–१ को अग्रता दिलाएका थिए । सुनाकोठीका लागि सातौं गोल सबस्टिच्युट सानुका राईले गरेका थिए भने आठौं गोल हिसुभ थपलियाले ह्याट्रिक गरेका थिए ।
सुनकोठी सिटी एफसी विपक्षी पोष्टमा १३ गोल गर्दै समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने अहिलेसम्म एउटा मात्र गोल खाएको छ । सुनकोठी सिटीले आफ्नो पहिलो नकआउट खेल कार्तिक २२ गते एन्फा कम्प्लेक्समा दिउँसो ३ः३० बजे समूह एफको विजेता गोर्खा ब्वाइजसँग खेल्नेछ ।

Last updated:2022 Oct 15 Saturday 11:20:43

प्रतिक्रिया
सम्बन्धित समाचार