उपाहार न्यूज
उदयपुर असोज ९
नारदमुनी गोल्ड कप फुटबल प्रतियोगीताको आठौ संस्करणको उद्घाटन खेलमा चारतारे फुटबल क्लबले बिजयी सुरुवात गरेको छ । प्रतियोगीताको उद्घाटन खेलमा गोर्खा ब्वाईज रुपोर्टस क्लब रुपन्देहिलाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै चारतारेले बिजयी सुरुवात गरेको हो ।
चार तारेको लागि खेलमा दुबै गोल भुवन बस्नेतले गरेका थिए खेलको २३ औँ मिनेटमा चारतारेको तर्फबाट जर्सि नं १० का भुवन बस्नेतले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलएका थिए भने खेलको अन्तिम चरणमा पनि बस्नेतले नै थप एक गोल गर्दै टिमलाई बिजयी बनाएका थिए । खेलको म्यान अफ द म्याच पनि बस्नेत घोषित भए संगै उनले पाँच हजार नगद सहित पुरस्कार समेत पाएका छन् । जित संगै चार तारे खेलको सेमिफाईनलमा प्रवेश गरेको छ, चार तारेले अब असोज ११ गते हुने बसाह क्लब र चर्च ब्वाईज क्लब काठमाण्डौ विच हुने खेलको बिजयी संग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगीताको सोमबारको खेल गोर्खा स्पोर्टिङ क्लब झापा र भोजपुर जिल्ला फुटबल संघ बिच हुने छ । आगामी असोज १६ गते सम्म हुने प्रतियोगीताको बिजयी समुहले नगद चार लाख सहित उपाधि चुम्ने छ उपबिजेताले दुई लाख प्राप्त गर्ने बसाह क्लबका पूर्व अध्यक्ष शेखर राईले जानकारी दिनु भयो ।