Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरका मनोज र निखिल शारिरीक सुगठनमा प्रथम

  • उपहार न्यूज
  • बिहिबार, असोज ६ २०७९
उदयपुरका मनोज र निखिल शारिरीक सुगठनमा प्रथम

उपाहार न्यूज
उदयपुर असोज ६
नवौ राष्ट्रिय खेलकुद प्रतियोगीता २०७९ को लागि प्रदेश नम्बर १ स्तरीय छनौट प्रतियोगीता यतिवेला विभिन्न जिल्लाहरुमा संचालन भैरहेको छ । यसै क्रममा शारिरीक सुगठन प्रतियोगीता अन्तर्गत छनौटमा उदयपुरका मनोज कटुवाल र निखिल श्रेष्ठले प्रथम स्थान हासिल गर्दै राष्ट्रिय प्रतियोगीताका लागि यात्रा तय गरेका छन् ।
झापा विर्तामोड स्थित अतिथि सदनमा बिहिबार सम्पन्न शारिरीक सुगठन प्रतियोगीता अन्तर्गत छनौट प्रतिस्पर्धामा ६५ केजी तौल समुहमा आफ्ना ४० प्रतिस्पर्धीलाई पछि पार्दै उदयपुरबाट सहभागीता जनाएका मनोज कटुवाल प्रथम भएका हुन् ।


मनोज गाईघाट स्थित इनर्जी फिटनेस क्लबका संचालक समेत हुन् उनी आधा दशक यता शारिरीक सुगठनको व्यवसायीकतामा लागेका छन् । यसैगरी ७५ केजी तौलम समुह अन्तर्गत उदयपुरकै निखिल श्रेष्ठले पनि प्रथम स्थान हासिल गर्न सफल भएका छन् । कटुवाल र श्रेष्ठ दुवै जना प्रदेश १ को छनौटम प्रथम भए संगै अब राष्ट्रिय प्रतियोगीतामा स्थान पक्का गर्न सफल भएका छन् ।

Last updated:2022 Sep 22 Thursday 14:42:44

प्रतिक्रिया
सम्बन्धित समाचार