ठविन्द्र मगर
ताप्ली भाद्र २४
उदयपुरको ताप्ली गाउँपालिकाको रुपाटार स्वास्थ्य चौकी कटहरे लाई वल्र्ड भिजन इन्टरनेशनल नेपाल र हुरेंण्डेक उदयपुर बाट चार लाख रुपैया बराबरको खोप भण्डारण गर्न १ थान फ्रिज र पोषण कर्नर सामग्री प्रदान गरिएको छ । ताप्ली गाउँपालिका अध्यक्ष्य ढुंगराज विश्वकर्मा र उपाध्यक्ष धनामाया मगरको उपस्तिथीमा सामाग्री हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य चौकीलाई ताप्ली गाउँपालिकाको तर्फबाट स्वास्थ्य चौकीलाई व्यवस्थित र प्रबाभाकारी स्वास्थ्य सेवा प्रवाहका लागि ५ लाख बराबरको १ थान भिडियो एक्सरे मेसिन पनि हस्तान्तरण भएको छ । बिधुत सेवाको पहुँच भएसंगै स्वास्थ्य संस्थामा विधुतीय सामाग्रीको उपयोग गर्न सहज र तालिम प्राप्त दक्ष स्वास्थ्य कर्मीको उपलब्धता भएपछी सहयोग प्राप्त सामाग्रीहरुको उपयोग पनि प्रभावकारी हुने अध्यक्ष बि.कले बताउनु भयो ।
मानव स्वास्थ्यको लागि अति आबश्यक स्वास्थ्य सेवा प्रभावकारिताको लागि स्वास्थ्यकर्मी र प्रविधिको व्याबस्थापनामा आफुले सकेसम्म सम्बन्धित निकायमा पहल गर्ने उहाँले प्रतिबद्धता समेत जनाउनुभएको छ । गाउँपालिकाको केन्द्रमा रहेको स्वास्थ्य चौकीमा कुपोषित बालबालिकाको उपचारको लागि बहिरंग उपचार सेवा केन्द्र समेत स्थापना भई सेवा प्रदान गर्दै आईरहेको स्वास्थ्य चौकी इन्चार्ज अशिम ठकुरीले जानकारी दिनुभयो । गत आ.व.देखि स्वास्थ्यचौकी लाई स्तर वृद्धि गरि १५ शैयाको अस्पताल को लागि भवन निर्माणको कार्य शुरु भइरहेको छ ।