Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा क्याम्पसमा मेघा बैंकको वित्तिय साक्षरता

  • उपहार न्यूज
  • शुक्रबार, भाद्र २४ २०७९
त्रियुगा क्याम्पसमा मेघा बैंकको वित्तिय साक्षरता

उपाहार न्यूज
गाईघाट भाद्र २४
त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा मेघा बैंकले वित्तिय साक्षरता कक्षा संचालन गरेको छ । शुक्रबार एक कार्यक्रमका विच क्याम्पसमा अध्यारत शिक्षा तथा व्यवस्थापन संकायमा अध्यारत विद्यार्थीहरुलाई लक्षित गरेर बैंकिङ, शेयर लगानी तथा मेघा बैंकका विभिन्न खाता योजनाको बिषयमा जानकारी दिईएको मेघा बैंकका शाखा प्रबन्धक बिष्णु कार्कीले जानकारी दिनु भयो ।
कार्यक्रममा बैंक प्रबन्धक कार्की र क्याम्पस साहयक प्रमुख उमेश पाण्डेले सहजीकरण गर्नु भएको थियो । वित्तिय साक्षरता कक्षामा सहभागी विद्यार्थीहरुले दैनिक जीवनमा प्रयोगमा आउने वैंक तथा शेयरको बिषयमा जानकारी प्राप्त गरेका थिए ।

Last updated:2022 Sep 09 Friday 13:11:16

प्रतिक्रिया
सम्बन्धित समाचार