Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गाईघाट युनाईटेडको सुखद यात्रा, पहिलो खेलमै बिजयी

  • उपहार न्यूज
  • शुक्रबार, भाद्र २४ २०७९
गाईघाट युनाईटेडको सुखद यात्रा, पहिलो खेलमै बिजयी

उपाहार न्यूज
उदयपुर भाद्र २४
गाईघाटबाट व्यवसायीक फुटबल खेल्दै आएका खेलाडिहरुले स्थापना गरेको गाईघाट युनाईटेड फुटबल क्लबले सुखद यात्रा प्रारम्भ गरेको छ । सिराहमा आयोजना गरिएको स्व. बोधनारायण यादब प्रथम स्मृती फुटबल प्रतियोगीताको उद्घाटन खेलमा रियल स्टार फुटबल क्लबलाई चार एक गोल अन्तरले पराजित गर्दै युनाईटेडले सुखद यात्रा प्रारम्भ गरेको हो ।
जित संगै युनाईटेड खेलको सेमिफाईनलमा प्रवेश गरेको छ । गाईघाट युनाईटेडको लागि शिशिर लेखीले १ गोल, अर्जुन रानाले २ र सरोज राउतले १ गोल गर्न सफल भएका थिए । प्रतियोगीतामा युनाईटेडकै सरोज राउत म्यान अफ दि म्याच घोषित भएका थिए । गाईघाट युनाईटेडको स्थापना पछिको पहिलो खेलमै सफता प्राप्त भए पछि खेलाडिहरु उत्साहित भएको टिम व्यवस्थापक सरोज श्रेष्ठले बताए । गाईघाट युनाईटेडमा विभिन्न क्लबहरुबाट व्यवसायीक फुटबल खेलिरहेका खेलाडिहरु सहभागी छन् ।

Last updated:2022 Sep 09 Friday 05:19:00

प्रतिक्रिया
सम्बन्धित समाचार