सौरभ मगर
बोक्से भाद्र १९
त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा आयोजित ओपन सेभेन ए साइड फुटबल प्रतियोगीताको उपाधि फ्युजन फुटबल क्लबले चुमेको छ । प्रतियोगीताको आईतबार सम्पन्न फाइनल खेलमा गाईघाट फुटबल क्लबलाई दुई एक गोल अन्तरले पराजित गर्दै फ्युजनले उपाधि चुमेको हो ।
दाजु भाई समुह दोहा कतार र फ्युजन फुटबल क्लबको आयोजना भएको प्रतियोगीताको फाइनल खेलमा फ्युजनको लागि जर्सी नम्बर ७ का सुदिप श्रेष्ठ र १७ का सुनिल खड्काले गोल गर्न सफल भएका थिए । प्रतियोगीतामा गाईघाटको लागि एक मात्र गोल जर्सी नम्बर ३ का सन्तोष दाहालले गरेका थिए । प्रतियोगीताका बिजयी फ्युजनले उपाधि सहित नगद २० हजार र उप बिजेता जिएफसीले १० हजार पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगीतामा म्यान अफ दि म्याचको उपाधि फ्युजन फुटबल क्लबका टिपसन राई, उत्कृष्ट गोलरक्षक फ्युजनका बिजय सेवा, उत्कृष्ट रक्षक फ्युजनका पविण श्रेष्ठ, बेष्ट मिड फिल्डर फ्युजनका शिशिर लेखी, राईजि प्लेयरको उपाधि फ्युजनका दुर्योधन मगर, बेस्ट स्टाइकर गाईघाटका दिवश श्रेष्ठ, सर्वाधिक गोलकर्ता फ्युजनका सरोज राउत र उत्कृष्ट खेलाडि फ्युजनका सुनिल खड्का बन्न सफल भएका थिए । त्रियुगा नगरपालिका १० बोक्से स्थित खसी बजारमा आयोजित प्रतियोगीताका बिजयी प्रतियोगीहरुलाई वडा अध्यक्ष किरण पाण्डे लगायत अतिथिहरुले पुरस्कृत गरेका थिए । युवाहरुको प्रतिभालाई उजागर गर्नका लागि प्रतियोगीता आयोजना गरिएको प्रतियोगीताका आयोजक समितिका संयोजक सरोज श्रेष्ठले जानकारी दिए ।