उपाहार न्यूज
उदयपुर भाद्र १८
बोक्सेमा जारी सेभेन ए साइड ओपन नकआउट फुटबल प्रतियोगीताको आयोजक तथा सुचनादी व्यवसायी विचको मैत्रीपूर्ण खेलमा आयोजक दुई एक गोल अन्तरले बिजयी भएको छ । शनिवार त्रियुगा नगरपालिका १० बोक्से स्थित खसी बजार खेल मैदानमा आयोजित प्रतियोगीतामा सुनचादी व्यवसायी संघलाई दुई एक गोल अन्तरले आयोजकले पराजित गरेको हो । आयोजकको लागि सरोज श्रेष्ठ र उदय राईले गोल गरेका थिए भने सुनचादी व्यवसायी संघको लागि सुन्दर सेन्चुरीले गोल गर्न सफल भएका थिए ।

प्रतियोगीतामा एन्फाका केन्द्रिय महासचिव किरन राई, एन्फा उदयपुरका महासचिव मदन भुजेल, पूर्व खेलाडि दिपक राई, उदय राई लगायतले आयोजकको तर्फबाट खेलेका थिए । आईतबार प्रतियोगीताको फाइनल खेल हुदैछ फाइनल खेल फ्युजन फुटबल क्लब बोक्से र गाईघाट फुटबल क्लब बिच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगीताको बिजयीलाई नगद २० हजार र उप बिजेतालाई १० हजार सहित पुरस्कृत गरिने छ । प्रतियोगीतामा विभिन्न विधामा समेत खेलाडिलाई पुरस्कृत गरिने आयोजक समितिका सरोज श्रेष्ठले जानकारी दिए । प्रतियोगीता दाजु भाई समुह दोहा कतार र फ्युजन फुटबल क्लब बोक्सेको समन्वयमा आयोजना भएको हो ।
