Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सेभेड ए साइड फुटवल जलजले र जिएफसि बिजयी

  • उपहार न्यूज
  • बुधबार, भाद्र १५ २०७९
सेभेड ए साइड फुटवल जलजले र जिएफसि बिजयी

उपाहार न्यूज उदयपुर भाद्र १५ त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा जारी सेभेन ए साईड फुटवल प्रतियोगीताको तेस्रो दिनको खेलमा गाईघाट फुटवल क्लब र जलजले फुटवल क्लब बिजयी भएको छ । बुधबार सम्पन्न प्रतियोगीताको पहिलो खेलमा गाईघाट फुटवल क्लबले समावेशी फुटवल क्लबलाई ६–१ फराकिलो गोल अन्तरले पराजित गरेको छ । गाईघाट फुटवल क्लबको लागि दिवश श्रेष्ठ एक्लैले चार गोल गरेका थिए, गाईघाटको लागि प्रविण राई र आयुव राईले एक एक गोल गर्दै टिमको लागि ६ गोल गरेका थिए । समावेशीको लागि सागर नेपालीले १ मात्र सानत्वना गोल गर्न सफल भएका थिए । यता प्रतियोगीताको दोस्रो खेलमा जलजले फुटवल क्लबले क्रेजी फुटवल क्लबलाई दुई एक गोल अन्तरले पराजित गरेको छ । जलजलेको लागि निशान राई र योगेश श्रेष्ठले गोल गरेका थिए, क्रेजि फुटवल क्लबको लागि एक मात्र सुविन खड्काले एक गोल गरेका थिए ।

Last updated:2022 Aug 31 Wednesday 15:10:56

प्रतिक्रिया
सम्बन्धित समाचार