उपाहार न्यूज
उदयपुर असार १२
पछिल्लो समय सि डिभिजन बाट बि डिभिजनमा बढुवा भएको प्लानिङ ब्वाईज क्लब बाट व्यवसायीक फुटवल खेल्दै आएका उदयपुरका पाच खेलाडिहरुलाई त्रियुगा उद्योग वाणिज्य संघले सम्मान गरेको छ । आईतबार एक कार्यक्रमका विच संघको कार्यालयमा कार्यक्रमको आयोजना गरेर खेलाडिहरुलाई सम्मान गरिएको हो ।

उदयपुरबाट व्यवसायीक फुटवल खेल्दै आएका खेलाडिहरु पछिल्लो समय प्लानिङ ब्वाईज क्लबबाट खेल्दै आएका छन् । सम्मानित हुनेहरुमा सुदिप श्रेष्ठ, टिप्सन राई, अर्जुन रानामगर, पमिन श्रेष्ठ र प्रताबसिंह राईलाई सम्मान गरेको हो । सुदिप, टिप्सन र अर्जुन जिल्ला लिग बिजेता क्लब फ्युजन फुटवल क्लबका खेलाडिहरु हुन् पछिल्लो केहि बर्ष यता उनीहरु व्यवसायी फुटवल खेलि रहेका छन् ।
खेलाडिहरुलाई त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईली, प्रथम उपाध्यक्ष नविन बस्नेत लगायत पदाधिकारी, सदस्य तथा व्यवसायीहरुको उपस्तिथीमा सम्मान गरिएको हो ।