Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

फुटवल संघको अध्यक्षमा कार्की निर्वाचित

  • उपहार न्यूज
  • शनिबार, बैशाख १० २०७९
फुटवल संघको अध्यक्षमा कार्की निर्वाचित

उपाहार न्यूज
उदयपुर चैत १०
जिल्ला फुटवल संघ उदयपुरको छैठौ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा रन्जन कार्कीलाई पुन निर्वाचित गरेको छ । शनिवार सम्पन्न निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी रमाकान्त चौधरीलाई एक मतले पछि पार्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । कुल १३ मतदाता रहेको फुटवल संघमा कार्कीले ७ मत प्राप्त गरेका थिए भने चौधरीले ६ मत प्राप्त गरेका थिए ।
यसैगरी उपाध्यक्षहरुमा ध्रुब कुमार बस्नेत, दिलिपकुमार चौधरी नविन कुमार राई चयन भएका छन् । सदस्यहरुमा शेखर राई, उदय राई, हृदयनारायण चौधरी, राजेन्द्र राई, आनन्ददेव चौधरी चयन भएका छन् । त्यसैगरी विष्णु बहादुर भुजेल, प्रदिप श्रेष्ठ, किरण राई, होमकुमार राई र युवराज राई सदस्यमा चयन भएका छन् । निर्वाचित सबैलाई शनिवारनै निर्वाचन समितिका संयोजक निर बहादुर राईले सपथ ग्रहण संगै एन्फा केन्द्रिय सदस्य तथा प्रतिनिधि किरण राईले प्रमाणपत्र वितरण गर्नु भएको थियो । फुटवल संघ उदयपुरको लागि कार्कीको यो दोस्रो कार्यकाल हो आगामी चार बर्षे कार्यकालमा फुटवल खेलको विकासमा आफु प्रतिबद्ध भएर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष कार्कीले बताए ।

Last updated:2022 Apr 23 Saturday 14:54:41

प्रतिक्रिया
सम्बन्धित समाचार