उपाहार न्यूज
उदयपुर बैशाख ५
जिल्ला खेलकुद विकास समिति उदयपुरको अध्यक्षमा नवनियुक्त पर्वत दाहालले जिम्मेबारी सम्हालेका छन् । आईतबार जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा एक कार्यक्रमका विच खेलकुद विकास समितिको अध्यक्षको जिम्मेबारी पाएका दाहालले कार्यभार सम्हालेका हुन् ।
उनलाई निवर्तमान अध्यक्ष सागर नेपाल र कार्यलय प्रमुख प्रकासराम राईले एक समारोहका विच स्वागत संगै कार्यालयमा स्वागत गरेका थिए । प्रदेश खेलकुद दाहाललाई अध्यक्ष मनोनित गरे संगै दाहालले उदयपुर जिल्लामा खेलकुद क्षेत्रमा आम युवाहरुलाई सहभागी गराएर विकासमा जुट्ने बताए । कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष दाहालले आफु जिल्लाको सबै स्थानिय तहहरु संग समन्वय गरेर खेल क्षेत्रको विकास र खेल क्षेत्रमा लागेका युवाहरुको व्यवसायीक सुरक्षामा जोड दिने बताए । उनले खेलकुद क्षेत्रमा राजनितिलाई टाढै राखेर आफ्ना कार्ययोजनाहरु निर्माण गरेर अघि बढ्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष सागर नेपालले आफु खेलकुद विकास समितिबाट विदा हुदै गर्दा कति पनि दुःख नलागेको बताए । उनले खेलकुद क्षेत्रमा युवाहरुलाई नेतृत्वदायी भुमिकामा जिम्मेबारी दिनु आफैमा राम्रो पक्ष भएको बताए । कार्यक्रममा चौदण्डिगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले आम युवाहरुको खेलकुदको भरोसाको केन्द्र खेलकुद विकास समितिको जिम्मेबारीलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि शुभकामना दिएका थिए ।

त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष तथा नेपाली कांग्रेसका नगर सभापती प्रकास कुमार खड्काले खेलकुद विकास समिति खेल क्षेत्रमै योग्दान गरेका दाहालले नेतृत्व पाउदै गर्दा खुसी लागेको बताए । खेलकुद विकास समिति उदयपुरका पूर्व कार्यालय प्रमुख समेत रहेका खड्काले दाहालले विगतमा पनि खेलकुद विकास समितिमा रहेर काम गरेको अनुभव रहकाले सरकारले गरेको नियुक्ति संगै जिम्मेबारीलाई सहि ढंगले अघि बढाउनका लागि आग्रह गर्नु भयो ।

कार्यक्रममा विभिन्न खेल प्रशिक्षक, खेलाडि, युवा तथा पत्रकारहरुको ठूलो सहभागीता रहेको थियो । खेलकुद विकास समिति उदयपुरका अध्यक्ष नियुक्त भएका दाहाल फुटवलका पूर्व खेलाडि समेत हुन्, उनी कांग्रेस निकट तरुण दल उदयपुरका उपाध्यक्ष समेत हुन् । राजनिति संगै सामाजिक सेवामा संलग्न दाहाल युवाहरु माझ लोकप्रिय छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष सागर नेपाल विदाई तथा नवनियुक्त अध्यक्ष दाहालको स्वागतको क्रममा रौता स्पोटर्स क्लब मुकुर्चीका अध्यक्ष हरी आले मगरले ढाका टोपी लगाएर सम्मान समेत व्यक्त गरेका थिए ।


