किरन प्रसाद ढुंगाना
देउरी फागुन १४
त्रियुगा नगरपालिका ५ मा भैरहेको वडा अध्यक्ष फुटबलकप आयोजक प्रकृति स्पोर्ट्सले हात पारेको छ । फाइनल खेलमा प्रकृति स्पोर्ट्स बालुवाटारले नमुना युवा क्लब कुमारी चौकलाई ३–२ गोल अन्तर पराजित गरेको हो । खेलको २३औ मिनेटमा प्रकृति स्पोर्ट्सका बिशाल चौधरीले गोल गरि टिमलाई अग्रता दिलाएका थिए। पहिलो गोल गरेको ३ मिनेट नबित्दै नमुना युवा क्लबका मदन दनुवारको क्रसलाई सदुपयोग गर्दै प्रबिण चौधरिले गोल फर्काएका थिए। पहिलो हाफमा १ गोल गरि बराबरी बेहोरेको प्रकृति स्पोर्ट्सका विशाल चौधरीले खेलको ५१ औ मिनेटमा दोश्रो गोल गरेका थिए। खेलको ५८ औ मिनेटमा प्रकृति स्पोर्ट्सका दिप्सन राउतले थप १ गोल गर्दै ३–१ गोलको अग्रता दिलाएका थिए।
खेलको थप समयको सदुपयोग गर्दै प्रबिण चौधरिले नमुना युवा क्लबको तर्फबाट दोस्रो गोल फर्काएका थिए । दोश्रो हाफमा नमुना युवा क्लबले गोलका अबसर पाएपनी प्रकृति स्पोर्ट्सका डिफेण्डरहरुले बिफल पारेका थिए । फाइनल खेलमा उत्कट गोल गरेका नमुना क्लबका प्रबिण चौधरी खेलको म्यान अफ द म्याच भए। खेलमा गोलको उत्कृष्ट बचाउ गरेका नमुना क्लबका गोलकिपर आशिष मगरले बेस्ट गोलकिपरको उपाधी हात पारेका थिए। खेल अबधीभर राम्रो खेल प्रदर्सन गरेका प्रकृति स्पोर्ट्सका बिशाल चौधरीले उत्कृष्ट खेलाडिको उपाधी हात पारेका थिए। प्रकृति स्पोर्ट्सकै सुर्य चौधरि उत्कृष्ट डिफेण्डर घोषित भए भने सम्पुर्ण खेल अबधी ४ गोल गरेका प्रकृतीका दिपसन राई सबभन्दा बढी गोलगर्ने गोलकर्ता भए।
बिजेता टिमका खेलाडिहरुलाई उदयपुर उधोग लिमिटेडका महा प्रबन्धक गोपि न्यौपानेले नगद बिस हजार सहित मेडल,कप प्रमाणपत्र बितरण गरेका थिए। उपबिजेता टिम सहित खेलाडिहरुलाई वडा अध्यक्ष उद्द्ब बहादुर थापाले नगद दस हजार सहित मेडल, प्रमाणपत्र बितरण गरेका थिए। खेल सन्चालनमा सहयोग गर्ने सस्था तथा ब्यक्तीहरुलाइ कदर पत्र सहित सम्मान गरिएको थियो। फाइनलखेलका प्रमुख अथिती महा प्रबन्धक न्यौपानेले खेलमैदानको स्तर उन्नतिका लागि उधोगबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो। वडा अध्यक्ष फुटबल खेलमा नगरपालिका क्षेत्रका जम्मा ८ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ ।