Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

प्रदेश नम्बर १ मा वित्तिय साक्षरता अभियान उदयपुरमा

  • उपहार न्यूज
  • बिहिबार, फाल्गुन १२ २०७८
प्रदेश नम्बर १ मा वित्तिय साक्षरता अभियान उदयपुरमा

विश्वराज तामाङ
उदयपुर फागुन १२
वित्त क्षेत्रको सहि व्यवस्थापनको लागि प्रदेश नम्बर १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश नम्बर १ मा वित्तिय साक्षरता अभियान सुरु गरेको छ । मन्त्रालयले प्रदेश १ का विभिन्न जिल्लामा पुगेर वित्तिय साक्षरता अभियानको लागि संबन्धित क्षेत्रका सरोकारवालाहरुलाई सहभागी गरेर अन्तरक्रिया सुरु गरेको हो । मन्त्रालयको अभियान अन्तर्गत उदयपुरमा विहिबार वित्तिय साक्षरता अभियान अन्तर्गत वैक तथा वित्तिय क्षेत्रका सरोकारवालाहरु संग अन्तरक्रिया गरेको छ ।
वैक तथा वित्तिय संस्थाहरुबाट प्राप्त हुने विभिन्न ऋण, अनुदान तथा व्यवसायी उद्यमीले लगानी गर्ने बजेटको सहि व्यवस्थापन हुन नसक्दा अर्थव्यवस्थामानै जटिल समस्या उत्पन्न हुने भएकाले मन्त्रालयले प्रदेश नम्बर १ मा यो अभियान सुरु गरेको हो । पछिल्लो समय आर्थिक गतिविधि संग संबन्धित बिषयहरु नागरिक स्तर सम्म पु¥याउन र बैंक, विमा, धितोपत्र बोर्ड लगायतले दिने सेवाको बिषयमा नागरिक सम्म जानकारी गराउका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले यस किसिमको कार्यक्रम संचालन गरेको मन्त्रालयका सचिव सुमन दाहालले जानकारी दिनु भयो
नागरिकहरुमा वित्तिय अनुसासन, वित्त व्यवस्थापन गर्न नसक्दा ठूलो जोखिम मोल्नु परेकाले त्यसलाई सहि रुपमा संचालन गर्नका लागि वित्तिय साक्षरता अन्तरक्रियाको आयोजना प्रदेश नम्बर १ मा यस अघि पाँचथर पछि उदयपुर र बाकी अन्य जिल्लामा समेत यस किसिमको कार्यक्रम संचालन गरिने मन्त्रालयको योजना रहेको छ ।
उदयपुरमा बिहिबार आयोजजित कार्यक्रममा जिल्ला स्थित व्यवसायी, महिला उद्यमी, वैक तथा सहकारीका प्रतिनिधि, पत्रकार, कर्मचारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल बैंक लिमिटेड प्रदेश नम्बर १ का प्रमुख सुर्य प्रकाश भट्टले वित्तिय व्यवस्थापनको बिषयमा अनुशिक्षण गर्नु भएको थियो । कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले वित्तिय क्षेत्रका समस्याहरुलाई यस किसिमको अभियानले सहयोग पु¥याउने बताउनु भयो । उहाँले नागरिकको आर्थिक जीवनस्तर बृद्धि गर्नका लागि बैंक तथा वित्तिय संस्था संग बनाएको नितिगत कार्यक्रम र योजना कार्यान्वन गरिनु पर्नेमा जोड दिनु भयो ।
उहाँले बैंक तथा वित्तिय संस्थाहरु ग्रामिण क्षेत्रमा सामाजिक रुपमा पछाडि पारिएको समुदायलाई लगानी गरेर उत्पादनको क्षेत्रमा लाग्नु पर्ने बताउनु भयो । बैंक तथा वित्तिय संस्थाबाट प्राप्त हुने ऋण, अनुदान तथा बैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सलाई सहि व्यवस्थापन गर्नु पर्नेमा अन्य सहभागीहरुले समेत जोड दिएका थिए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख प्रशासकीय अधिकृत कुमार खड्का, त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले वित्त व्यवस्थापन र अनुशासनको लागि यस किसिमको कार्यक्रम प्रभकारी हुने बताउनु भयो ।

Last updated:2022 Feb 24 Thursday 13:37:52

प्रतिक्रिया
सम्बन्धित समाचार