Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

वडाध्यक्ष कपमा सितल युवा क्लवद्धारा विजयी सुरुवात

  • उपहार न्यूज
  • आइतबार, फाल्गुन ८ २०७८
वडाध्यक्ष कपमा सितल युवा क्लवद्धारा विजयी सुरुवात

किरण ढुंगाना
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ५ मा वडाध्यक्ष कपको दोस्रो संस्करण सुरु भएको छ । शनिबार एक कार्यक्रमकाबीच भएको उद्घाटन खेलमा सितल युवा क्लब दमौतीले ११ स्टार करमगाछिलाई ३–० को गोलान्तरले पराजित गरेको छ ।
खेल सुरु भएको २ मिनेटमै सितलका जर्र्सी नम्बर १० का रबीशंकर चौधरीले गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए । १३ औ मिनेटमा सितल युवा क्लबकै जर्सी नम्बर ५ का युवराज थापाले गरेको दोश्रो गोलसँगै मध्यान्तरअघि २–० को नतिजामा सकिएको थियो ।

त्यस्तै मध्यान्तरपछि ६० मिनेटको खेलमा धेरै मौका पाए पनि ११ स्टार करमगाछिले कुनै खाता खोल्न सकेन । खेलको इन्जुरी समयको फाइदा लिदै अन्तिम मिनेटमा सितल युवा क्लबका जर्सी नम्बर ४ का मोहनकुमार चौधरीले थप गोल गरी ३–० को अग्रता कायम गर्दै बिजयी भएको छ ।
शनिबारको खेलमा म्यान अफ द म्याच सितल युवाकै क्याप्टेन प्रबिण श्रेस्ठ घोषित भए । ‘स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सुरु भएको वडा अध्यक्ष क्लबमा सितल युवा क्लब दमौती, ११ स्टार करमगाछीलगायत ८ वटा फुटवल क्लबको सहभागिता रहेको आयोजक प्रकृति स्पोट्र्स क्लबका अध्यक्ष जीवन गुरुङ्ले बताए ।

स्थानीय खेलाडीहरुको उत्पादन र खेलको माध्यमबाट युवाहरुलाई संगठित गर्दै खेल क्षेत्रमा प्रोत्साहन गर्न प्रतियोगिताले अहम भूमिका खेल्ने वडा अध्यक्ष उद्धब थापाको भनाई छ । आजको खेल क्रेजी स्पोट्र्स क्लब, श्रीपुर र नमुना युवा क्लब, कुमारीचौकबीच दिउँसो ३ः०० बजे हँुने आयोजकका अमित भगतले बताए ।

शनिबारको खेलमा ११ स्टारका तर्फबाट जर्सी नम्बर १० का खेलाडी समीर राउतले पहेलो कार्ड र गोलरक्षक तेजुनारायण यादवले रातो कार्ड पाएका थिए । त्यस्तै सितल युवा क्लबका जर्र्सी नम्बर ५ का खेलाडी युबराज थापा र जर्सी नम्बर १० का रबी संकरले पहेलो कार्ड पाएका थिए ।

Last updated:2022 Feb 20 Sunday 10:13:54

प्रतिक्रिया
सम्बन्धित समाचार