Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

चौदण्डिगढिका जनप्रतिनिधिहरु मिलेर अघि बढ्छौ ः नगर प्रमुख राई

  • उपहार न्यूज
  • आइतबार, असार २२ २०७६
चौदण्डिगढिका जनप्रतिनिधिहरु मिलेर अघि बढ्छौ ः नगर प्रमुख राई
smart

उपहार न्यूज
बेल्टार असार २२
चौदण्डिगढि नगरपालिकाका जनप्रतिनिधिहरु नगर विकासको लागि मिलेर अघि बढ्ने नगर प्रमर खगेन्द्र राईले प्रतिबद्धता जनाउनु भएको छ । उहाँले जनप्रतिनिधिहरु विचमा सामान्य असम्झदारी भए पनि त्यसलाई छलफल र बहसको आधारमा सहमतीमा ल्याएर अघि बढ्ने बताउनु भएको छ ।
चौदण्डिगढि नगरपालिकाको आर्थिक बर्ष २०७५÷०७६ को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रममा संबोधन गर्दै उहाँले जनप्रतिनिधिहरु नगर विकासको लागि एक भएर अघि बढ्नु विकल्प नरहेको बताउनु भयो । सार्वजनिक सुनुवाईमा सहभागी नागरिकहरुले नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा केहि जनप्रतिनिधिहरुले निति तथा कार्यक्रम च्यातेको बिषयलाई उठान गरे पछि नगर प्रमुख राईले यस्तो वताउनु भएको हो । उहाँले निति तथा कार्यक्रम सार्वजनिकिकरण कार्यक्रममा घट्न नहुने घटना घटेको प्रति दुःख व्यक्त गर्नु भयो सो दिनको घटनाक्रमले सिंगो जनप्रतिनिधिहरु प्रति नगरबासीमा निरशा पैदा गरेको र संका र उप संका कदाची सत्य हुन नदिने बताउनु भयो ।
नगरपालिकाले हिजोको दिनमा जसरी साना देखि ठूला योजनाहरुमा सहमती जुटाएर अघि बढेका थिए सो अनुरुप आगामी दिनमा पनि नगरको विकासमा आफुहरु लागि पर्ने बताउनु भयो । नेकपा निकट जनप्रतिनिधिहरुको असहमती बजेट र कार्यक्रममा भन्दा पनि अन्य कुनै बिषयमा भएको समेत उहाँले स्पष्ट पार्नु भयो । नगर सभा कार्य विधिमा संबन्धित क्षेत्रका प्रदेश सभा सदस्य तथा संघिय सदस्यलाई आमन्त्रण गर्नु पर्ने लेखिए पनि नगरपालिका आफैमा स्वायत्त अधिकार प्राप्त निकाय भएकाले नगरपालिको आफ्नै तरिकाले नगर सभा आयोजना गरिएको थियो । उहाँहरुको असहमती सो बिषयमा रहेको नगर प्रमुख राईले बताउनु भयो उहाँले भन्नु भयो नगरपालिकामा धेरै समस्याहरु छन् धेरै भौगोलिक विकटता छ जनतामा आशा जगाउनु छ त्यसको लागि हामी अहोरात्र लागि परेका छौ ।
एक अर्को प्रसंगमा उहाँले नगर क्षेत्रमा कृषि उत्पादनलाई व्यवसायीकरण गर्ने गरी नगरपालिका लागि परेको समेत बताउनु भएको छ । उहाँले नगरपालिका क्षेत्रका नागरिकहरुको आर्थिक स्तरबृद्धि गर्नका लागि कृषिमा व्यवसायीकरण गर्दै अघि बढ्ने तयारी रहेको बताउनु भयो । उहाँले नगर क्षेत्रको स्वास्थ्यमा विगत भन्दा धेरै सुधार भएको बताउनु भएको छ । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा जनशक्ति समेत बृद्धि भएकाले सामान्य किसिमका विरामी देखि विभिन्न जटिल स्वास्थ्य समस्या समेत नगरले सामाधन गरी रहेको बताउनु भएको छ । कार्यक्रममा चौदण्डिगढि नगरपालिका उप प्रमुख रिताकुमारी चौधरीले स्वागत मनतव्य राख्नु भएको थियो । आईतबार आयोजित कार्यक्रममा चौदण्डिगढि नगरपालिकाका जनप्रतिनिधि, स्थानिय नागरिक, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

 

Last updated:2019 Jul 07 Sunday 15:46:19

प्रतिक्रिया
सम्बन्धित समाचार