विश्वराज तामाङ
उदयपुर फागुन ३
उदयपुरको वेलका नगरपालिका २ भागलपुर गाउँबाट विद्यार्थीले छुद्र ग्रह खोज्ने भएका छन् । नेपालमै पहिलो पटक ग्रामिण क्षेत्रमा रहेका बालबालिकाहरुले छुद्र ग्रह खोज्न सुरु गरिएको यो पहिलो प्रयास हो । मंगल ग्रह र वृहस्पति ग्रह विच अन्तरिक्षमा पाईने ग्रहलाई छुद्र ग्रहलाई अनलाईनको माध्यमबाट खोजी गर्नका लागि पूर्व तयारी स्वरुप दुई दिन सम्म वेलका नगरपालिका २ भागलपुरमा तालिम दिईएको छ ।
भौतिक शास्त्रका विद्यार्थी रहेका सहदेव राईको पहलमा नेपाल एस्ट्रोनोमिकल सोसाईटिद्धारा अनलाईन माध्यमबाट भागलपुरमा विद्यार्थीहरुलाई क्षुद्र ग्रह खोजी गर्ने तालिम प्रदान गरिएको हो । विज्ञान बिषय लिएर अध्यान गरिरहेका कक्षा ८ देखि ११ सम्म अध्यारत चार जना विद्यार्थीहरुले तालिम लिएको तालिममा सहजीकरण गर्न मद्दत पु¥याएका सहदेव राईले बताउनु भयो ।
तालिममा स्थानिय सप्तकोसीका मावि भागलपुरमा कक्षा १० मा अध्यानरत नविन खड्का, बालविद्या मन्दिर बोर्डिङ स्कुल भागलपुरमा कक्षा ८ मा अध्यारत रोवन खड्का र भालपुरमै कक्षा १० सम्म अध्यान गरेर हाल इटहरीमा उच्च शिक्षा अध्यानरत एलन खतिवडा र अनमिका दाहालले सहभागीता जनाएका थिए ।
विज्ञानको अन्तराष्ट्रिय प्रोजेक्टमा सहभागीता जनाउनका लागि विद्यार्थीहरुले मेहनतका साथ तालिममा सहभागीता जनाएको सहदेव राईले बताउनु भयो । हाल सम्म नेपाल एस्ट्रोनोमिकल सोसाईटीबाट क्षुद्र ग्रह खोज्ने विद्यार्थीहरुले ३० वटा क्षुद्र ग्रहहरु पत्ता लगाई सकेको छन्, जस मध्य २७ नेपाली विद्यार्थीहरुले २ वटा भारतीय विद्यार्थीहरुको समुहले र १ वटा युएयीका विद्यार्थीहरुले पत्ता लगाएका छन् ।

यस किसिमको तालिम अमेरिकि वैग्यानिक संस्था नासको सिटिजन्स साइन्स प्रोजेक्टको एक माध्यम रहेकाले विग्यानका विद्यार्थीहरु मात्र नभएर इच्छुक अन्य नागरिकहरुले समेत भाग लिन सक्ने नेपाल एस्ट्रोनोमिकल सोसाईटिले जनाएको छ । यस किसिमका तालिम आईएएससि भन्ने अन्तराष्ट्रिय संस्थाले अमेरिकाको हार्डि सिम्मोन युनिभर्सिटि र हवाई युनिभर्सिटी संग आबद्ध रहेको प्यान स्ट्रीस रिसर्च प्रोजेक्ट संग भएकाले टेलिस्कोप साथै अन्य विभिन्न वैग्यानिक संस्थाहरु संगको सहकार्यमा विश्वभर क्षुद्र ग्रह खोज्ने कार्यक्रम चलाउदै आएको जनाएको छ । नेपालमा सन् २०१४ देखि नेपाल एस्ट्रोनोमिकल सोसाईटिले आईएएससि संगको सहकार्यमा नेपाल तथा विदेशि विद्यार्थीहरुलाई नेपालबाट क्षुद्र ग्रह खोज्ने कार्यक्रममा सहभागी गराउदै आएको छ । तालिममा सहभागी भागलपुरका अनमिका दाहालले विज्ञानको सैद्धान्तीक मात्र नभएर प्रयोगात्मक अभ्यास समेत भएकाले आफुहरलाई अझ विज्ञानको बिषयमा खोज अनुसन्धान गर्न रोचक भएको बताईन ।
क्षुद्र ग्रह पृथ्वी संग ठोकिदा ठूला प्राकृतिक विपत्ती आईपर्ने भएकाले क्षुद्र ग्रह खोजी गर्दै पत्ता लगाउन सकिए पृथ्वीलाई समेत जोगाउन सकिने भएकाले यसको खोजीमा आफुहरु लागी पर्ने बताईन् । क्षुद्र ग्रहको खोजीको लागि वैज्ञानिकहरुले मंगल ग्रह र वृहस्पति ग्रह विचको अन्तरिक्षमा टेलिस्कोपबाट खिचिएको तस्बीरको आधारमा त्यसलाई विशलेषण गरेर क्षुद्र ग्रह खोजी गर्न विद्यार्थीहरुले प्रयास गर्ने भौतिक सास्त्रका विद्यार्थी सहदेव राईले बताए ।

पृथ्वीको गरुत्व वलले गर्दा क्षुद्र ग्रहलाई पृथ्वी तिर तान्ने भएकाले ग्रह पृथ्वी संग ठोकिए ठूलो प्राकृतिक विपत्ती आईपर्ने भएकाले संसारभरबाट यसको खोजी गर्दै त्यसलाई निस्कृय पार्न वैज्ञानिकहरु लागि पर्ने गरेका छन् ।
ग्रामिण भेगबाट क्षुद्र ग्रह संबन्धि अध्ययान र खोजी गर्ने कार्य पहिलो पटक भएकाले सिमित साधन र स्रोतका विच विद्यार्थीहरुले तालिम पाएको तालिमका पहलकर्ता सहदेव राईले बताए । स्थानिय सप्तकोसीका मावि भागलपुरमा रहेको कम्प्युटर ल्याबमा विद्यार्थीहरुलाई दुई दिनका लागि उक्त तालिम संचालनको लागि माग गर्दा विद्यालयबाट सहयोग प्राप्त भएको दुखेसो राईले पोखेका छन् । ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई विज्ञानको खोज अनुसन्धानमा सहयोग पु¥याउनका लागि आफुले आग्रह गर्दा सहयोग प्राप्त भएन पछि आफैले गाउँ गाउँमा ल्यापटप खोजी गरेर स्थानिय एक घरमा विद्यार्थीहरुलाई राखेर तालिम प्रदान गरिएको उनले बताए ।