Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

वेलकामा कृषिको नारा एका तिर, काम अर्को तिर व्यवसायीक कृषक प्रति स्थानिय सरकार उदासिन

  • उपहार न्यूज
  • मंगलबार, माघ २५ २०७८
वेलकामा कृषिको नारा एका तिर, काम अर्को तिर व्यवसायीक कृषक प्रति स्थानिय सरकार उदासिन

उपाहार न्यूज
उदयपुर माघ २५
वेलका नगरपालिकाको नगर प्रमुख दुर्गाकुमार थापाले नगरपालिकालाई कृषि उत्पादनको हबको रुपमा विकास गर्नका लागि नारा नै बनाएका छन् । उत्पादनमा मेरो साथ बस्दीनमा खाली हात तर जुन नारा र उद्देश्य राखेर वेलका नगरपालिकाले कृषिको लागि काम गर्ने भने पनि नारा एकातिर काम अर्कोतिर हुदाँ स्थानिय कृषकहरु निराश भएका छन् ।
उदयपुरको वेलका नगरपालिका ४ मा वैदेशिक रोजगारीबाट फर्केका दुई जना युवाहरुले करोडौको लगानीमा उदयपुरमै सबै भन्दा ठूलो क्षमताको व्यवसायीक च्याउ उत्पादन गरिरहेका छन् तर स्थानिय सरकारले आफुहरुलाई भने जस्तो सहयोग नगरेको उनीहरुको गुनासो छ । नगरपालिकाले लिएको नारा र उद्देश्य कृषकलाई व्यसायीकरण गर्ने भनिए पनि नगर सरकारले आफुहरु प्रति राजनैतिक पूर्वाग्रह राख्दा भने जस्तो सहयोग प्राप्त गर्न नसकेको उनीहरु बताउछन् ।


वेलका नगरपालिका ४ का स्थानिय विदुर दाहाल र पूर्ण प्रसाद आचार्यले चार बर्ष अघि देखि व्यवसायीकरुपमा च्याउको उत्पादन गर्दै आएका छन् । वेलका बहुउद्देश्य कृषि तथा पशु फर्मले दैनिक चार सय केजी सम्म च्याउ उत्पादन गर्दै आएको छ । ३६ कटठा क्षेत्रफलमा ११ टनेल र १८ हजार वल च्याउको व्यवसायीक उत्पादन गर्दै आएक यी युवाले उत्पादन गरेका च्याउ स्थानिय बजार संगै जिल्ला बाहिर समेत निर्यात गर्ने गरेका छन् । तर उत्पादन भएको च्याउलाई बजार सम्म पु¥याउनको लागि ढुवानीको समस्या भोग्दै आएका यी युवाहरुले प्रदेश सरकार मार्फत अनुदानमा ढुवानी गर्ने गाडि प्राप्त गर्ने आश्वासन प्राप्त भए पनि अन्तिम समयमा आएर राजनैतिक पूर्वाग्रह राखेर आफुहरुको लागि प्राप्त हुने भनिएको ढुवानी गर्ने गाडि अर्कै स्थानमा उपलब्ध गराएको गुनासो गरेका छन् ।


विगतमा रोजगारीको शिलसिलामा विदेशी भुमीमा पसिना बगाएर आफ्नै स्थानमा केहि गर्नका लागि कम्म कसेका विदुर र पूर्णप्रसादले उत्पादन गरेको च्याउ स्थानिय बजार रामपुर, बेल्टार, गाईघाट संगै छिमेकी जिल्ला सप्तरी, सुनसरी, मोरङ सम्म पु¥याउने गरेका छन् । दैनिक २०/२५ हजार सम्म च्याउ विक्रि बाट आम्दानी गर्ने गरिए पनि ढुवानीमै खर्च हुदाँ भने जस्तो प्रतिफल लिन सकिएको उनीहरुले बताए । स्थानिय सरकार र प्रदेश सरकारले आफुहरुलाई अनुदानमा ढुवानी गर्ने गाढि उपलब्ध गराउने गुलियो बचन दिए पनि अन्तिममा आफुहरुले गाडि नपाएको बताउछन् ।


नगरपालिकामा करोडौ बजेट कृषिको क्षेत्रमा बिनियोजन गरिए पनि ठूलो लगानीमा व्यवसायीक कृृषि फर्म संचालन गर्दा समेत नगरले उपेक्षा गरेको कृषक विदुर दाहाल बताउछन् । वेलका नगरपालिका उदयपुरले कृषकहरुको भावनालाई कदर गर्न भन्दै उत्पादनमा मेरो साथ बस्दीनमा खाली हात भन्ने नारा बनाए पनि नारा अनुसारको काम भने कृषक सम्म पुग्न नसक्दा व्यवसायीक उत्पादनमा लागेका कृषकहरु निराश छन् ।
विगतमा वैदेशिक रोजगारीको शिलसिलामा विदुर दाहाल साउदी अरब र पूर्ण प्रसाद आचार्य मलेसिया बाट फर्केका हुन् । उनीहरुले आफ्नै ठाउँमा केहि गर्न पर्छ भन्ने उद्देश्यले सुरु गरिएको कृषि फर्ममा स्थानिय ९ जना युवाहरुले समेत प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।
करिब एक करोड बढि लगानीमा सुरुवात गरिएको च्याउ खेतीलाई जिल्लालाई आत्मनिर्भर बनाउदै बाहिरी जिल्लामा समेत पर्याप्त निर्यात गर्ने फर्मले लक्ष्य राखेको छ ।
आफ्नै लगानीमा अन्य युवाहरुलाई समेत स्थानिय स्तरमानै रोजगारी सृजना गर्ने उद्देश्यले सुरुवात गरिएको यस किसिमको कर्मबाट कृषिमा आत्मनिर्भर त हुन्छ नै यस्तो कार्यलाई सरकारले पनि सघाउ पु¥याए पक्कै पनि वेरोजगार समस्यामा रहेका युवाहरु स्वरोजगार तर्फ उन्मुख हुने छन् ।

 

Last updated:2022 Feb 08 Tuesday 13:27:26

प्रतिक्रिया
सम्बन्धित समाचार