उपहार न्यूज
उदयपुर, माघ १८
पछिल्लो समय स्वास्थ्य क्षेत्रमा अगाडी बढेको लिम्चुङबुङ गाउँपालिकाले केहि दिन बाट डिजिटल एक्स–रे सहितको उपचार सेवा संञ्चालन गर्ने भएको छ । स्थानीय सरकारले जनताहरुको माग र आवश्यकतालाई पुरा गेर्ने गरि पालिकामा रहेको ए.ल.वी कार्की स्मृति लिम्चुङबुङ अस्पतालमा केहि दिनमै डिजिटल एक्स–रे भिडियो एक्स–रे को सेवा संञ्चालन गर्न लागिएको हो । सामान्य उपचारहरुले मात्रै पालिकामा स्वास्य क्षेत्र पुरा नहुने भन्दै डिजिटलको माध्यम बाट गर्न सकिने उपचारहरलाई समेत ध्यानमा राखी यो व्यवस्था गरेको पालिका अध्यक्ष मेजर कुमार राईले बताए । राईले अब साना देखी ठुलो उपचारहरु समेत जनताहरुले पालिका बाटै पाउने राईको भनाई छ ।
स्थानीय सरकार अगाडीको अवस्था र हालको अवस्थालाई तुलना गर्दै लिम्चुङबुङ गाउँपालिकाले सेवा सुविधाले निकै फड्को मारेको दावी गरेको छ । स्वास्थ्य क्षेत्र जनताहरुको पहिलो अधिकार भित्र रहेको भन्दै यसको प्रयासमा लिम्चुङबुङ गाउँपालिका सफल भएको पनि अध्यक्ष राईले बताए । पालिकामै डिजिटलको माध्यम बाट उपचार हुने भएपछि त्यहाँको स्थानीयहरु निकै खुसी भएका छन् ।