Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा त्रियुगा उधोग वाणिज्य संघद्धारा मास्क वितरण

  • उपहार न्यूज
  • शुक्रबार, माघ ७ २०७८
उदयपुरमा त्रियुगा उधोग वाणिज्य संघद्धारा मास्क वितरण

उपाहार न्यूज
उदयपुर, माघ ७

कोरोना भाइरसको संक्रमण तिव्ररुपमा फैलिरहेको अवस्थामा रोकथामाको उपाए एक माक्स प्रयोग हो । तर कतिपय सर्वसाधरणले भिँडभाँडतिर हिड्दा माक्स प्रयोग नगरेको पाइन्छ । यहि कुरालाई ध्यनमा राख्दै उदयपुरमा व्यवसायी तथा सर्वसाधारणलाई त्रियुगा उधोग वाणिज्य संघले माक्स वितरण गरेको छ । जिल्लाको गाईघाटस्थित पिपलचोक, मेनचोक, टेम्पु चोक, विपि चोक, सँगै अत्यादिक भिँडभाँड हुने स्थन तरकारी बजारमा समेत मास्क वितरण गरिएको हो । मास्क विना हिड्ने सर्वसाधरण तथा पसल व्यवसायीहरुलाई मास्क वितरण सँगैै कोरोना बारे सचेतनाको पोस्टर पनि वितरण गरेको छ ।

कोरोना संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न उद्योगी व्यवसायीहरुको समेत दायीत्व रहेको भन्दै मास्क तथा पोष्टर वितरणको कार्यक्रम गरिएको संघका अध्यक्ष रमेश रसाईलीले बताए । संघले व्यवसायमा उपभोक्ताहरुलाई मास्कको अनिवार्य प्रयोग, पसल, व्यवसाय अगाडी सावुन पानीको व्यवस्था, सेनिटाईजरको प्रयोग अनिवार्य, भौतिक दुरीको पालना जस्ता कुराहरुमा समेत ध्यान दिन ले अनुरोध गरेको छ । मास्क वितरणमा संघलाई जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले समन्वयमा सहयोग सगरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार