Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा उद्योग वाणिज्य संघमा रमेश विश्वकर्मा अध्यक्ष

  • उपहार न्यूज
  • सोमबार, पुष २६ २०७८
त्रियुगा उद्योग वाणिज्य संघमा रमेश विश्वकर्मा अध्यक्ष

उपाहार न्यूज
उदयपुर पौष २६
त्रियुगा उद्योग वाणिज्य संघको सोमबार सम्पन्न छैटौ साधरण सभा तथा अधिवेशनले रमेश विश्वकर्मा लाई अध्यक्षमा सर्वसहमत निर्वाचित गरेको छ । गाईघाट स्थित रामजानकी पाटी प्यालेसमा आयोजित साधरण सभा तथा अधिवेशनले चयन गरेको नयाँ समितिको प्रथम उपाध्यक्षमा नविन बस्नेत, द्धितृय उपाध्यक्षमा पर्शुराम चौधरी महासचिवमा दिनेशकुमार श्रेष्ठ, सचिवमा रुपम अनुराग गुप्ता र कोषाध्यक्षमा टिकाकुमार श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सरोज बस्नेत, दिपेन्द्र प्रसाद श्रेष्ठ, रुद्र बस्नेत, वैद्यनाथ साह, श्रवण चौधरी र हिरा साह चयन भएका छन् । समितिमा थप सदस्यहरु कार्य समितिको बैठकले मनोनित गर्ने तथा विधान संसोधन गरेर कार्य समितिलाई थप विस्तार गर्ने गरी विधान संसोधनको जिम्मेबारी समेत साधरण सभा तथा अधिवेशनले कार्य समितिलाई दिएको छ । बहुमत साधरण सदस्यको उपस्तिथीमा भएको साधरण सभा तथा अधिवेशनमा कार्य समिति चयनका लागि सहमतीय प्रक्रियाबाट भएको त्रियुगा उद्योग वाणिज्य संघका पूर्व महासचिव गोपाल श्रेष्ठले जानकारी दिनु भयो । उद्योग वाणिज्य संघको साधरण सभा तथा अधिवेशनको उद्घाटनको क्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य विमल कार्कीले उद्योग वाणिज्य संघ आम व्यवसायीहरुको आशा र भरोसाको केन्द्र विन्दु भएकाले सदैव व्यवसायीक हितको लागि संस्था लागि पर्नु पर्ने बताउनु भयो । कार्यक्रमको उद्घाटनलाई संबोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले संघले विभिन्न किसिमको आरोह अवरोहहरु पार गर्दै आजको दिन सम्म आईपुगेकाले संघ लाई थप शसक्त ढंगले नेतृत्व गरेर अघि बढ्नका लागि आग्रह गर्नु भएको थियो । उदयपुर जिल्लाको आर्थिक विकास र समृद्धि संग जोडिएको भएकाले पनि उद्योग वाणिज्य संघको नेतृत्व प्रति व्यापारी र नागरिकहरुको आशा र भरोसा रहेको औल्याउनु भयो ।
कार्यक्रम उद्घाटन शत्रमा त्रियुगा नगरपालिका नग उपप्रमुख देवी चौधरी, कांग्रेस नेता बसन्त बस्नेत, स्थानिय जनप्रतिनिधिहरु, त्रियुगा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु रत्न श्रेष्ठ, सुर्यनारायण साह, पूर्व प्रथम उपाध्यक्ष भरतसिंह राई, बद्रि खनाल लगायत पूर्व पदाधिकारीहरुको समेत उपस्तिथी रहेको थियो ।

Last updated:2022 Jan 10 Monday 12:24:56

प्रतिक्रिया
सम्बन्धित समाचार