Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

जिल्ला लिगको शिर्ष स्थानमा फ्युजन

  • उपहार न्यूज
  • बिहिबार, पुष १५ २०७८
जिल्ला लिगको शिर्ष स्थानमा फ्युजन

उपाहार न्यूज
उदयपुर पौष १५
जिल्ला फुटवल संघ उदयपुरद्धारा आयोजित ए डिभिजन जिल्ला लिगको शिर्ष स्थानमा फ्युजन फुटवल क्लब अन्य सात क्लबलाई उछिन्दै पर्न सफल भएको छ । जारी लिगमा हाल सम्म समान तीन/तीन खेल खेल्द फ्युजनले तीन खेलमा तीन जित हासिल गर्दै ९ अंक जोड्न सफल भएको छ । त्यसैगरी नव प्रभात नेपाल ७ अंक सहित दोस्रो स्थान, बेल्टार युनाईटेड युथ क्लब ६ अंक सहित तेस्रो, फुटवल क्लब बगाह ६ अंक सहित चौथो, गाईघाट फुटवल क्लब ४ अंक सहित पाँचौ र लालिगुरास युवा क्लब ३ अंक सहित लिगको छैटौ स्थानमा रहेको छ । त्यसैगरी मेधवी युवा क्लब र बगाह युवा समुह अंक विहिन हुदै लिगको पुच्छरमा रहेको छ । लिगमा अब ८ वटै क्लबले समान चार/चार खेल खेल्न बाकी छ ।

Last updated:2021 Dec 30 Thursday 16:04:17

प्रतिक्रिया
सम्बन्धित समाचार