Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

पर्यटन प्रबद्र्धन गर्न कटारीको मर्जितपुरमा प्यराग्लाईडिङ सुरु

  • उपहार न्यूज
  • शुक्रबार, पुष ९ २०७८
पर्यटन प्रबद्र्धन गर्न कटारीको मर्जितपुरमा प्यराग्लाईडिङ सुरु

विश्वराज तामाङ
उदयपुर पौष ९
आन्तरिक तथा वाह्र्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले उदयपुरको कटारी ७ मर्जितपुरमा प्यराग्लाईडिङ, जिपलाईन र रक क्लाईबिङ सुरु भएको छ । स्थानिय गढिकोट पर्यटन व्यवस्थापन समिति कटारीले ७ गटिकोटले स्थानिय स्तरमा पर्यटकीय विकास गर्ने उद्देश्यले प्यराग्लाईडिङ, जिपलाईन र रक क्लाईबिङ सुरु गरेको हो । शुक्रबार एक कार्यक्रमका विच कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उप प्रमुख भिमकुमारी राउतले प्यारग्लाईडिङमा उडान भर्दै प्याराग्लाईडिङको सुरुवात गर्नु भएको हो ।
ऐतिहासिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको गढिकोटको प्रचार प्रसार तथा स्थानिय स्तरमा पर्यटन प्रबद्र्धनको अभियान सुरु गरिएको हो । समुद्रि सतहबाट सात सय ५० मिटरको उचाईमा रहेको यो क्षेत्रमा प्राविधिक हिसाबले पनि प्याराग्लाईडिङको लागि उपयुक्त भएकाले जिपन लाईन र स्थानिय आमखुई भिरमा रक कल्याईबिङको समेत सुरु गरिएको गढिकोट पर्यटन व्यवस्थापन समिति कटारीका अध्यक्ष सुर्य लामाले जानकारी दिनु भयो । स्थानिय युवाहरुले सुरु गरेको अभियानलाई स्थानिय सरकारले पनि सहयोग पु¥याउदै आएको छ । कटारी नगरपालिकाले प्याराग्लाईडिङको उडान परिक्षण देखि त्यसलाई व्यवस्थापन गर्ने सम्मको सहयोग गरेको छ । कटारी नगरको पर्यटन प्रबद्र्धनको लागि समेत टेवा पुग्ने भएकाले कटारी नगरपालिकाको पहिचानको लागि समेत सहयोग पुग्ने हिसाबले यस क्षेत्रमा पर्यटनलाई जोड दिदै नगरपालिकाले सहयोग गर्ने कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
गढिकोटमा पहिलो पटक यस किसिमको पर्यटन प्रबद्र्धनको कामको सुरुवात भएकाले यस क्षेत्रको पर्यटनको संभाव्यता अध्यान गरेर गुरु योजना निर्माण गरेर कटारी नगरपालिकालाई चिनाउनका लागि अघि बढ्ने नगर उपप्रमुख भिमकुमारी राउतले बताउनु भयो ।
स्थानिय स्तरमा पर्यटन प्रबद्र्धनको लागि स्थानिय नागरिकहरुले होम स्टे समेत संचालनको तयारी गरेका छन्, तामाङ समुदायको बाहुल्यता भएको मर्जितपुरमा स्थानिय परिकार तथा सस्कृतिको जगेर्ना गर्ने उद्देश्यले होम स्टे मार्फत पर्यटकको स्वागत गर्ने स्थानियको तयारी रहेको छ ।
नेपालमै पहिलो पटक जुन स्थानबाट प्याराग्लाईडिङको उडान र अवतरण एकै ठाउँमा हुने भएकाले पनि मर्जितपुरमा प्याराग्लाईडिङको प्राविधिक हिसाबले पनि संभावना बढि रहेको चालक दिल कुमार सुनुवारले बताउनु भयो । स्थानिय स्तरमा पर्यटनको संभावनाको खोजी गर्दै आन्तरिक तथा वाहर्य पर्यटकलाई जोड्ने हो भने स्थानिय नागरिकहरुले समेत यसको लाभ उठाउन सक्ने कटारी नगरपालिकाका सूचना अधिकराी ओम मिश्रले बताउनु भयो ।कटारी नगरपालिका भित्र पर्यटनको प्रचुर संभावना रहेको विभिन्न क्षेत्र भएकाले त्यसलाई समेत प्रबद्र्धन गर्न नगरपालिका उद्दत रहेको सूचना अधिकारी मिश्रले बताउनु भयो ।

Last updated:2021 Dec 24 Friday 16:29:22

प्रतिक्रिया
सम्बन्धित समाचार