उपहार न्यूज
उदयपुर असार १९
उदयपुरमा जारी मुख्यमन्त्री कप १ नं. प्रदेश लिग २०७६ को बिहिबार सम्पन्न खेलमा बेलबारी फुटबल क्लब मोरङ बिजयी भएको छ । सोलुखुम्बु ११ लाई दुई शुन्य गोलअन्तरले पराजित गर्दै बेलबारी लिगको शिर्ष स्थानमा उक्लिएको छ । प्रतियोगीतामा बेलबारीको लागि सौरभ कार्कीले ९ औ र सुशन लामाले ७९ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

प्रतियोगीतामा तीन खेल खेलेको मोरङले दुई जीत र एक बराबरी खेल्दै ७ अंक जोड्न सफल भएको हो, मोरङले अब एक खेल खेल्न बाकी रहेको छ । यता दुई खेल खेल्न बाकी खोटाङले दुई खेल खेल्दै एक जीत र एक बराबरी खेल्दा चार अंक जोड्न सफल भएको छ । उदयपुरले पनि दुई खेल खेल्न बाकी रहदाँ एक जीत र एक हार बेहोर्दा ३ अंक सहित लिगको तेस्रो स्थानमा रहेको छ । यता ओखलढुंगाले दुई खेल खेल्दा एक जीत र एक हार बेहोर्दा ३ अंक सहित लिगको चौथो स्थानमा रहेको छ । यता दुई खेलमा हार बेहोरेको सोलखुम्बु शुन्य अंक सहित लिगको पुच्छारमा रहेको छ, सोलुखुम्बुले अब लिगमा दुई खेल खेल्न बाकी रहेको छ ।
यता लिग अन्तर्गत शुक्रबार थरुहट रंगशाला गाईघाटमा खोटाङ र ओखलढुंगा तथा मोरङ र उदयपुर विच खेल रहेको आयोजकले जनाएको छ । प्रतियोगीता छनौट चरणको रहेकाले विजेता र उप विजेताले विराटनगरमा हुने सुपर सिक्स लिग प्रतियोगीतामा सहभागीता जनाउने छन् ।