Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

नेकपा वेलका अध्यक्षमा मानोज तामाङ (को हुन् तामाङ)

  • उपहार न्यूज
  • बिहिबार, असार १९ २०७६
नेकपा वेलका अध्यक्षमा मानोज तामाङ  (को हुन् तामाङ)

उपहार न्यूज
उदयपुर असार १८
नेपाल कम्युनिष्ट पार्टी वेलकाको पार्टी अध्यक्षमा मनोज तामाङ चयन भएका छन्, पार्टीको जिल्ला तह हुदै स्थानिय तह सम्मको एकिकरण अभियान अन्तर्गत पूर्व माओवादीको भागमा परेको वेलका नगरपालिकामा तामाङ अध्यक्ष चयन भएका हुन् ।
को हुन् अध्यक्ष तामाङ
नेकपा वेलका नगरपालिका अध्यक्ष चयन भएका मनोज तामाङ पूर्व माओवादीका नेता हुन्, उनी पूर्व माओवादीको तर्फबाट नेकपा अध्यक्षमा चयन भएका हुन् । २०५७ साल देखि माओवादीको भुमिगत राजनितिमा सक्रिय रहेका तामाङ तत्कालिन समयमा अखिल क्रान्तिकारीको जिल्ला कोषाध्यक्ष, तामाङ मुक्ति मोर्चाका केन्द्रिय सदस्य हुदै पछिल्लो समय प्रदेश नम्बर १ का सह ईन्चार्ज समेत भएका थिए । तामाङ साविकको रामपुर ठोक्सिला गाविस अध्यक्ष हुदै वेलका नगरपालिका अध्यक्ष, माओवादी जिल्ला सचिवालय सदस्य समेत भईसकेका तामाङ स्थानिय तह निर्वाचनमा वेलका नगरपालिका प्रमुखका दाबेदार भए पनि वडा नम्बर ४ मा वडाध्यक्षका उम्मेदबार भएका थिए । उनी यतिवेला पार्टी एकिकरण भए संगै वेलका नेकपा अध्यक्ष संगै जिल्ला कमिटि सदस्य समेत चयन भएका छन् । पार्टीको संगठनलाई मजबुद बनाउदै संगठन विस्तार आफ्नो मुख्य प्राथमिक्ता रहने तामाङले टेलिफोन सम्पर्कमा जानकारी दिए । वेलका नगरपालिकामा उदाउदा युवा नेताको रुपमा छबि बनाई सकेका तामाङ राजनिति संगै सामाजिक सेवामा पनि तल्लीन छन् । उनी वेलका नगरपालिका ४ स्थित गुरुङचौरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वेलका नगरपालिका स्तरीय सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष समेत हुन् ।
त्यस्तै नवगठित नेकपा पार्टी सचिवमा पूर्व एमालेबाट गणेश बस्नेत चयन भएका छन् यता वडाहरुमा पनि अध्यक्ष सचिवको टुंगो लागेको नेकपा निकट पत्रकार भरत घिमिरेले फेसवुक वालमा पोष्ट गरेका छन् । पार्टीको वडा नम्बर १ अध्यक्षमा पूर्व एमाले जंग खड्का सचिव पूर्व माओवादीका लिला न्यौपाने, वडा नम्बर २ मा अध्यक्ष पूर्व एमालेबाट नन्दी चौधरी, सचिवमा पूर्व माओवादीका मिश्रिलाल महत्रो, वडा नम्बर ३ मा अध्यक्ष पूर्व माओवादीबाट दिपक राई सचिवमा पूर्व एमालेका कृष्ण चौधरी, वडा नम्बर ४ मा पूर्व एमालेका कपिल अधिकारी सचिवमा पूर्व माओवादीका विदुर दाहाल वडा नम्बर ५ मा पूर्व एमालेका कुल बहादुर निरौला सचिवमा पूर्व माओवादीका सुजित तामाङ, वडा नम्बर ६ मा पूर्व माओवादीका भोजराज राई सचिवमा पूर्व एमालेका कुबेर मगर, वडा नम्बर ७ मा पूर्व माओवादीका निकेश राई र सचिवमा पूर्व एमालेका मेसन राई, वडा नम्बर ८ मा पूर्व एमालेका जिवन्त राई र सचिवमा पूर्व माओवादीका किसोर राई वडा नम्बर ९ मा अध्यक्ष पूर्व माओवादीका अशोक श्रेष्ठ र सचिवमा पूर्व एमालेका तुलसिराम साप्कोटा चयन भएका छन् ।

Last updated:2019 Jul 04 Thursday 15:41:52

प्रतिक्रिया
सम्बन्धित समाचार